विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दाङमा सञ्चालित घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र धनुषामा सञ्चालित कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालिले लोडसेडिङका बेला डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युत्‌को बक्यौता महसुल रकमको पहिलो किस्ता तिरेका छन् । बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी नेपाल विद्युत् प्राधिकरणलाई पहिलो किस्ता बुझाएका हुन् ।

घोराही सिमेन्टले कुल बक्यौता ५० करोड ८५ लाख रुपैयाँ रहेकोमा पहिलो किस्ता बापत १ करोड ८१ लाख ६१ हजार ९७६ रुपैयाँ बुझाएको हो । त्यस्तै, कसमस सिमेन्टले ९ करोड ७७ लाख रुपैयाँ कुल बक्यौता मध्ये ३५ लाख रुपैयाँ तिरेको हो ।

उनीहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइनको बिजुली प्रयोग गरे बापतको प्रिमियम महसुल बुझाउन सुरु गरेका हुन् ।

बक्यौता महसुलको पहिलो किस्ता बुझाएपछि सम्बन्धित उद्योगमा प्राधिकरणले विद्युत् लाइन जोडिदिएको छ । विद्युत् महसुल नबुझाएका उद्योग मध्ये कात्तिक ४ गते ६ वटा र ८ गते १९ वटा गरी २५ वटा उद्योगको लाइन काटिएको थियो । लाइन काटिएका १७ उद्योगले हालसम्म पहिलो किस्ता बुझाएर विद्युत् सेवा सुचारु गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३