विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
११औं संस्करणको फिन इलेक्ट्रो टेक–२०२४ आयाेजना हुँदै

काठमाडौँ । विद्युत् तथा विद्युतीय सामाग्रीहरूको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्ने उद्देश्यले ११औं संस्करणको फिन इलेक्ट्रो टेक (प्रदर्शनी) हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) को आयोजनामा कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म हुन लागेको इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्र्तराष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ‘ट्रान्सवेल्ड ट्रान्सफर्मर’ले प्रायोजन गरेको छ ।

काठमाडौँको भृकुटीमण्डप स्थित प्रर्दशनीहलमा आयोजना हुने प्रदर्शनीमा नवीन प्रविधि तथा सामग्री समेटिने आयोजकले जानकारी दिएको छ । गुणस्तरीय सामग्री बिक्री वितरण तथा आमउपभोक्तालाई पनि नवीनतम र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका यो प्रदर्शनी गर्न लागिएको पनि जनाइएको छ ।

‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’को नाराका साथ हुने प्रदर्शनीमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय र वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवद्र्धन गरिने भएको छ ।

फिनका अनुसार यस क्षेत्रका उद्योगमा भएका नवीन उपलब्धि बारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्तामा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी अद्यावधिक गराइने छ । उद्योगी, व्यवसायी एवम् उद्यमीहरूमाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नुको साथै उपभोक्ता हकहित सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू प्रदर्शनी गरिने पनि उल्लेख छ ।

ट्रान्सवेल ट्रान्सर्फमरले प्रायोजन गरेको यस प्रदर्शनीको हलभित्र ४४ वटा ब्लक, २८ स्टल रहेको एक प्याभिलिएन रहेको छ । हलबाहिर डोममा २६ वटा स्टलहरू रहेका छन् । यस पटकको प्रदर्शनीमा भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालय, त्यहाँको वाणिज्य विभागको सहयोगमा इण्डियन चेम्बर अफ कमर्शले हलभित्रको २८ स्टलहरू रहेको प्याभिलिएनमा इन्डिया पावर शोका लागि इन्डियन उद्योगी एवं व्यवसायीहरूले बुकिङ गरेका छन् ।

हलभित्र र बाहिर जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन्, जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल एवम् कण्डक्टर, अत्याधुनिक स्वीचहरू, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन हुनेछ ।

प्रदर्शनीमा अधिकांश सहभागी संस्थाहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी आफ्ना उत्पादनबारे जानकारी दिने फिनले जनाएको छ । अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकका लागि छुट्टै सेल्स एरियाको व्यवस्था गरिएको छ ।

प्रत्येक दुई वर्षमा अयोजना हुने इलेक्ट्रो टेकको यस संस्करणमा टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) छ भने प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा. लि.) रहेको छ । यसैगरी, डायमण्ड स्पोन्सरमा अर्किड इलेक्ट्रिकल्स (अर्किड इलेक्ट्रिकल्स प्रा. लि.) र जानकी केबल (जानकी केबल इन्डस्ट्री प्रा. लि.) छन् । प्रदर्शनीको गोल्ड स्पोन्सरमा सिएनएस (प्राइम भेन्चर्स प्रा. लि.), लिशा एण्ड टिन्ज (वेलकम टेक्नोल प्रा. लि.), स्विफट गोल्ड (बबिता ट्रेडर्स) र के.इ.आई. जनता (जनता केबल इन्डस्ट्रिज प्रा. लि.) छन् ।

यसैगरी, अफिसिएल बैंकमा गरिमा विकास बैंक लिमिटेड र अफिसिएल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् । अफिसिएल क्यारियरमा ग्लोबल कलस लजिस्टिक रहेको छ । फ्लोरिङ पार्टनर हेरिटेज कार्पेट र कार्डस्पोन्सरमा केइआई वायर एवम् केबल (केइआई उद्योग लिमिटेड, इण्डिया) छ । 

यो प्रदर्शनी सफल बनाउन रणनीतिक सहयोग नेपाल विद्युत प्राधिकरणको सहभागिता रहेको छ । साथै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान), नेपाल इन्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इन्जिनियरिङ फर्म, लघु जल विद्युत् उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रीकल इन्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामाग्री उत्पादक संघ (निमा), नेपाल इलेक्ट्रिकल कन्ट्राक्टर एशोशियसन र सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् लगायत संस्थाहरूले सहयोगीको रूपमा सहभागिता जनाउने छन् । प्रदर्शनी ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३