विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तुलसीपुर । दाङको तुलसीपुरमा हाइमास्ट लाइट निर्माण गरेको ३ महिना भइसक्दा समेत विद्युत् जडान नहुँदा बाल्न सकिएको छैन । तुलसीपुरका विभिन्न ठाउँमा ४ वटा हाइमास्ट निर्माण गरिए पनि जडान भने हुन नसकेको हो ।

लुम्बिनी प्रदेश सरकारले गत असारमा ५२ लाख रुपैयाँको लागतमा तुलसीपुरको वीरेन्द्र चोक, गुम्राह चोक, हात्तीखौवा चोक र बिजौरी बजारमा हाइमास्ट लाइट जडान गरेको थियो । ती लाइट प्रयोगमा नआउँदा अपराधिक क्रियाकलाप बढ्नुका साथै बजार क्षेत्रमा आवतजावतमा समेत समस्या भएको स्थानीयबासीकाे गुनासो छ । बजारमा जडान गरिएका सीसी क्यामेराले समेत अपराध गरेर भाग्नेलाई पहिचान गर्न नसकेको हुँदा त्यस्ता लाइटको खाँचो झनै महसुस गरिएको छ ।

हाइमास्ट लाइट छिटो सञ्चालनमा आउन सके शान्ति सुरक्षामा ठूलो सहयोग हुने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए । ‘हाइमास्ट लाइट भए शान्ति सुरक्षामा सहज हुन्थ्यो’, उनले भने, ‘लाइट गतिलो नहुँदा क्यामेराले समेत मान्छे चिन्न सक्ने अवस्था छैन।’

वीरेन्द्र चोकमा जडान गरिएको हाइमास्ट लाइट ३६ सय तथा गुम्राह चोक, हात्तीखौवा र बिजौरी बजारमा जडान गरिएका लाइट १८ सय वाटका छन् । प्रदेश सरकारले विनियोन गरेको बजेटबाट तुलसीपुर उद्योग वाणिज्य संघले ती हाइमास्ट निर्माण गरेको थियो । उपमहानगरपालिले ती लाइटमा विद्युत् जडान गर्न चासो नदिँदा ढिलाइ भएको संघका महासचिव केशवराज केसीले बताए । ‘उपमहानगरपालिकाले चासो दिनुपर्ने हो तर किन हो यसतर्फ ध्यान गएको छैन’, उनले भने, ‘अब संघले नै ब्यहोर्ने गरी जडान गर्नुपर्ने अवस्था आयो ।’

उपमहानगरपालिकाले भने तत्काल हाइमास्ट जोड्ने प्रक्रिय अघि बढेको बताएको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रलाई पत्र पठाइएको उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले बताए । ‘कुन पावरको ट्रान्सफर्मर राख्ने हो, त्यो खालको स्टिमेट पठाइदिनु त्यही अनुसार भुक्तानीको सहमति हुन्छ' भनेर पत्र पठाएका छौँ’, उनले भने । अहिलेसम्म कुनै स्टिमेट नआएको उनको प्रतिक्रिया छ ।’

प्राधिकरण तुलसीपुरका प्रमुख शिवनारायण गोशालीले भने हाइमास्ट लाइटको बिल कसले भुक्तानी गर्ने भन्ने निश्चित नभएको बताए । ‘पत्र त आएको छ तर कसले बिल तिर्ने भन्ने कुरा आएको छैन’, उनले भने, ‘त्यसले गर्दा पनि जोड्न सकिएको छैन ।’

उपमहानगरपालिकाले विगतदेखि नै विद्युत्‌को बिल नतिरेकाले पनि शंका उत्पन्न भएको उनको भनाइ छ । उपमहानगरपालिकाको १ करोड ४२ लाख रुपैयाँ विद्युत्‌ बक्यौता रहेको प्रमुख गोशेलीले बताए तर उपमहानगरपालिका प्रमुख खड्काले भने देशभर धेरै सरकारी कार्यालयको बक्यौता तिर्न बाँकी रहेको भन्दै बाँकी बक्यौता तिर्ने सन्दर्भमा छलफल हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३