विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका कर्मचारीहरूलाई वार्षिक ३५ प्रतिशतसम्म कार्यसम्पादन प्रोत्साहन भत्ता (इपिआर) दिने निर्णय गरेको छ । सञ्चालक समितिको चैत २३ गते बसेको ९०४औं बैठकले उक्त निर्णय गरेको हो ।

इपिआरको कुरा लामो समयदेखि हुँदै आएको तर प्राधिकरणले यसलाई आंशिकरूपमा मात्र लागू गरिरहेको थियो । अझ पछिल्ला वर्षमा यो रोकिएको थियो । निर्देशनालय अन्तर्गतका कर्मचारीले बढी जोखिम बहन गरी काम गर्नुपर्ने हुँदा उनीहरूको कामको मूल्यांकनका आधारमा वार्षिक ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय भएको जनाइएको छ ।

प्राधिकरणका अनुसार देशका विभिन्न जिल्लामा काम गर्ने कर्मचारीहरू भौगोलिक क्षेत्रका आधारमा क, ख, ग, घ र ङ वर्गमा बर्गिकरण गरिएको छ । क वर्गका कर्मचारीलाई मासिक इपिआर सुरु तलबको ४० प्रतिशतसम्म, ख र ग वर्गकालाई मासिक ३५ प्रतिशतसम्म, घ वर्गकालागि मासिक ३० प्रतिशत तथा ङ वर्गकालाई मासिक २५ प्रतिशतसम्म इपिआर दिने निर्णय भएको छ ।

यसैगरी, वार्षिक लक्ष्य प्राप्तिका आधारमा क वर्गलाई २० प्रतिशत, ख र ग वर्गलाई २५ प्रतिशत, घ वर्गलाई ३० प्रतिशत र ङ वर्गका कर्मचारीलाई ३५ प्रतिशतसम्म इपिआर उपलब्ध गराउने निर्णय भएको छ । उक्त निर्णय नयाँ वर्ष अर्थात् २०७९ बैशाख १ गतेदेखि लागू गर्न मातहतका कार्यालय, शाखा, महाशाखा, वितरण केन्द्र तथा प्रादेशिक कार्यालयहरूलाई परिपत्र गरिएको छ ।

प्राधिकरणले २०७६ पुस १ गतेदेखि लागू हुने गरी इपिआर उपलब्ध गराउन २०७६ मंसिर १८ गतेको ८१४औं सञ्चालक समितिबाट निर्णय गरेको थियो । यस्तै वितरण तथा ग्राहक सेवा निर्देशनालयमा इपिआर उपलब्ध गराउन २०६९ मा बनाइएको मापदण्ड, २०७१ मा बनाइएको कार्यविधि र सञ्चालक समितिको निर्णयका आधार उक्त व्यवस्था तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit