विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको आधिकारिक तथा क्रियाशील ट्रेड युनियन कर्मचारी संगठनले राजनीतिक विचारधारा भन्दा अलग रहेर संस्थागत हितमा अगाडि बढ्नुपर्नेमा जोड दिएको छ ।

आधिकारिक ट्रेड युनियन (राष्ट्रिय कर्मचारी युनियन) को आज (जेठ १३ गते) प्रदेश १ मा भएको प्रदेशस्तरीय अधिवेशनमा उक्त विषयमा जोड दिइएको हो । संस्थाभन्दा व्यक्ति माथि नरहने हुँदा संस्थागत हितमा सबै जना एक जुट भएर लाग्नुको विकल्प नरहेको युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलले बताए । प्राधिकरणभित्रका सारा ट्रेड युनियन कर्मचारीहरू संस्थागत हितमा एकताबद्ध हुनुपर्ने पनि उनकाे भनाइ छ ।

यसैगरी, अब प्राधिकरणभित्र राजनीतिक झण्डा बोक्ने व्यक्ति वा समूहका दिन सकिएको युनियनका सहसंयोजक खगेन्द्र शाहीले बताए । ‘संस्थाभन्दा बाहिर हाम्रा विचार फरक हुन सक्लान वा हामी विचारमा विभाजित हौंला तर प्राधिकरणको संस्थागत वा कर्मचारीको हितका सवालमा हामी एकै ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘संस्थाभित्र बसेर राजनीतिक पार्टीको झण्डा बोक्ने साथीहरूलाई त्यस्तो गतिविधि नगर्न हामी सल्लाह दिन्छौं ।’

प्रदेश १ को अभिवेशनमा ने.वि.प्रा. विराटनगर प्रादेशिक प्रमुख राजन ढकाल, युनियनका केन्द्रीय सचिव नन्दकिशोर चौधरी लगायतको उपस्थिति थियो । युनियनले अहिलेसम्म देशका सबै प्रदेशमा अभिवेशन सम्पन्न गरिसकेको छ । बागमती प्रदेशमा भने आगामी जेठ १७ गते कार्यक्रम तय गरिएको युनियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit