विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने असरलाई न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गर्दै जलवायु परिवर्तनसम्बन्धी नीतिलाई युवामैत्री बनाउनपर्नेमा जोड दिइएको छ । जलवायु परिवर्तनबाट बालबालिकामा पुग्ने गरेको असर, यसको अनुकूलन तथा न्यूनीकरणका उपायबारे धनगढीमा भएको अन्तरक्रियामा सहभागीले जनचेतना अभिवृद्धि गर्न र युवामैत्री नीति बन्नुपर्नेमा जोड दिएका हुन् ।

अन्तक्रियामा जलवायुसम्बन्धी जानकार बालकृष्ण जम्कट्टेलले विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनले जलवायु परिवर्तनका कारण हुने विपद्लगायतका घटनामा मृत्यु हुनेमध्ये ५० प्रतिशत बालबालिका नै हुने गरेको तथ्यांक प्रस्तुत गरे । 

उनले जलवायु परिवर्तनको असरकै कारण बालअधिकारमा चुनौती थपिएको बताए । ‘युवा तथा बालबालिका बढ्दो उमेरमा रहने गरेकाले उनीहरूलाई जलवायुको परिवर्तनको बढी असर पुग्ने गरेको अध्ययनबाट देखिन्छ’, उनले भने, ‘यसले गर्दा उनीहरूको स्वास्थ्य, शिक्षा, खानेपानी, पोषण, खानेकुरा जस्तामा पनि असर पुर्‍याइरहेको हुन्छ ।’

अध्ययनका क्रममा ८२ प्रतिशत युवा तथा बालबालिकाले जलवायु परिवर्तनका कारण आफूहरू कम्तीमा पनि एक वा एकभन्दा बढी विपद्को जोखिम रहेको जवाफ दिएको बताइएको छ । यस्तै ३५ प्रतिशत युवा तथा बालबालिकाले आफूहरू कुनै पनि प्रकोपबाट एकदमै जोखिममा रहेको जवाफ दिएको थिए ।

कार्यक्रममा सहभागी युवा तथा बालबालिकाले जलवायु परिवर्तनसँगै हुने विपद्जन्य घटनाका कारण भत्किएका वा छाना उडाइएको विद्यालयको कक्षाकोठामा बसेर अध्ययन गनुपर्ने अवस्था सिर्जना हुँदा पठनपाठन प्रभाव पर्न गई विद्यार्थीमा मानसिक तनाव हुने गरेको अनुभव सुनाएका थिए ।

बालबालिकाले जलवायु परिवर्तनबाट हुने विपद्लगायतका घटनाकै कारण विद्यालयमा अनुपस्थिति बढ्ने, सिकाइको उपलब्धि अपेक्षाकृत नहुने, गर्मी र बर्सातका कारण विद्यालय जान नसक्ने, गर्मी मौसममा सबैभन्दा बढी गर्मी हुने मध्याह्नमा विद्यार्थीले पठनपाठन सकाएर विद्यालयबाट घर आउँदा थप गर्मीको सामना गरिरहेका भए पनि सञ्चालकले यस्ता समस्याको अनुकूलन एवं न्यूनीकरण गर्न ध्यान नदिइएको जस्ता अनुभव पनि सुनाएका थिए । 

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका झण्डै ५० युवा तथा बालबालिका सहभागी रहेको कार्यक्रममा  जलवायु परिवर्तनको असर अनुकूलन एवं न्यूनीकरण गर्न सकिने उपायबारे अभिमुखीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३