विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत आपूर्ति नहुँदा उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योग बन्द भएको छ । गत असार ९ गते चट्याङबाट नेपाल विद्युत प्राधिकरणको लहान ट्रान्सफर्मरमा क्षति भई विद्युत आपूर्ति नहुँदा उद्योगकाे सिमेन्ट उत्पादन बन्द भएको हो ।

उद्योग सञ्चालन गर्न आवश्यक ६ मेगावाट विद्युत आपूर्ति रोकिएपछि सिमेन्ट उत्पादन बन्द भएको उद्योगका सूचना अधिकारी लक्ष्मण प्रसाद पोखरेलले बताए । उनका अनुसार अहिले बत्ति बाल्नका भनेर सोलु कोरिडोर लाइनबाट बिजुली ल्याइएको छ ।

‘सोलुबाट २ मेगावाट विद्युत आपूर्ति भइरहेको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘त्यसमा पनि भोल्टेज अस्थिर भइरहने र निकै कम भोल्टेजमा आइरहेकोले उद्योग सञ्चालन गर्न नसकिएको हो ।’

उद्योगले क्लिङ्कर उत्पादन गर्न नसक्दा सिमेन्ट उत्पादन र बिक्री ठप्प भएको हो । ३ साताअघि चट्याङले पुर्याएको क्षतिको मर्मतमा प्राधिकरणले ढिलाई गर्दा उत्पादन अझै बन्द रहेको पोरखेलले बताए ।

मर्मतका लागि अझै केही समय लाग्ने प्राधिकरणलेृ बताउँदै आएको पोखरेलले बताए । लामो समयदेखि उत्पादन बन्द रहेको उद्योगलाई हालसम्म करिब २१ करोड रुपैयाँ घाटा भइसकेको छ । उद्योगबाट दैनिक करिब १ करोड रुपैयाँ बराबरको उत्पादन भइरहेको थियो ।

उद्योगले चालु आर्थिक वर्षभित्र २४ लाख बोरा सिमेन्ट उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेकोमा पूरा नहुने देखिएको पनि पोखरेलले बताए । उद्योगले हालसम्म २१ लाख बोरा सिमेन्ट उत्पादन गरी बिक्री गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit