विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु नदीमा निर्माण सम्पन्न २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन सुरु भएको छ । स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट गत कात्तिक १९ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो ।

सानिमा हाइड्रो समूहको लगानीमा निर्माण भएको आयोजनाको असोज अन्तिम सातादेखि परीक्षण गरेर कात्तिक १९ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरणमा उल्लेख छ ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह सबै क्षेत्रको परीक्षण पूरा गरेर व्यवसायिक उत्पादन सुरु गरिएको हो । आयोजनाको विद्युत २३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ । 

यो आयोजना यस अघि नै सम्पन्न हुने गरी निर्माण भइरहे पनि गत वर्ष बर्खाको बाढीले स्थानीय क्षेत्रका सडक पूर्वाधारमा क्षति पुगेकोले निर्माण उपकरण लगायतको ढुवानीमा समस्या हुँदा काम केही ढिलाई हुन पुगेको हो । त्यसअघि कोरोना महामारीको असर पनि यो आयोजनामा पर्न गएको थियो ।

कूल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ६७ लाख ६१ हजार ५०० रुपैयाँ अनुमान गरिएको छ ।

२०७२ साल चैत २८ गते कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिएको हुँदा उसले अबको २८ वर्ष १० महिना विद्युत उत्पादन गरी सञ्चालन गर्न पाउँछ । विद्युत आयोजनाको अनुमतिपत्र वितरण सम्बन्धी निर्देशिका अनुसार उत्पादन अनुमतिपत्रको अवधि ३५ वर्ष तोकिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३