विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बागलुङको गलकोट नगरपालिका–११ मा निर्माणाधीन ९.६ मेगावाटको दरम खोला जलविद्युत् आयोजनाको काम ९९ प्रतिशत पूरा भएको छ । दरम खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको आयोजनाबाट यही असारदेखि उत्पादन सुरु गर्ने लक्ष्य रहेको आयोजनाका आवासीय इन्जिनियर निरज दासले बताए ।

२०८१ असोज ११ र १२ गते भीषण वर्षापछि आएको बाढीले आयोजनाका केही संरचनामा असर परेकोले आयोजना निर्माण अवधि केही लम्बिएको उनको भनाइ छ । ‘गत वर्षको बाढीले पावरहाउसका मेशिनहरू बिगारेको थियो,’ उनले भने, ‘बाढीले गर्दा बिग्रिएका मेशिनहरू पुनर्निर्माण गर्नु पर्‍यो, त्यसकारण निर्माण अवधि लम्बिएको हो ।’

उनका अनुसार असारबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाबाट असार १० गतेदेखि विद्युत् परीक्षण उत्पादन सुरु गरिने छ । आयोजनाका सबै काम पूरा गरेर २०८० मै विद्युत् उत्पादन गर्ने लक्ष्य भएपनि कोरोना महामारी तथा बाढी जस्ता विपत्‌ले गर्दा उत्पादन तालिका सर्न गएको इन्जिनियर दासका भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणसँग सुरुमा ७.३ मेगावाटको विद्युत् खरिद सम्झौता (पिपिए) गरेकाे भए पनि पछि आयोजनाको क्षमता विस्तार गरिएको थियो । कम्पनीले विद्युत् विकास विभागबाट २०७३ माघ २३ गते उत्पादन अनुमतिपत्र लिए संरचना निर्माण गर्न सुरु गरेको थियो । 

आयोजनाबाट उत्पादन हुने विद्युत् प्राधिकरणका हरिचौर सबस्टेसनमा जोडिने छ । आयोजनाको विद्युत् जोड्न विद्युत्गृहदेखि १४ किलोमिटर टाढा रहेको सबस्टेसनसम्म आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको छ । 

आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) अगुवाइमा एनआइसी एसिया बैंकले पनि ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३