काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत अयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेशनल हाइड्रो पावर कम्पनी लिमिडेले १ः०.५ अनुपातकाे हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएकाे छ । कम्पनीको आज (भदौ १७ गते) सम्पन्न साधारणसभाले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरेको हो ।
सभामा सुनकोशी हाइड्रो पावर लिमिटेडको प्राप्ति पश्चात कायम हुन आउने चुक्त पूँजीको ५० प्रतिशत अर्थात १ः०.५ को अनुपातका हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार अबकाे ४ महिनाभित्र सेयर निष्कासन गरिनेछ ।
कम्पनीको सिन्धुपाल्चोकमा निर्माण गरेको ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत अयोजना सञ्चालनमा छ । भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।