विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–२ मा निर्माण हुन लागेको ४४ मेगावाटको बकान खोला आंशिक-जलाशय जलविद्युत् आयोजनाको वित्तीय सम्झौता सम्पन्न भएको छ। समिट इनर्जी सोलुसन प्रा.लि. द्वारा प्रवर्द्धित उक्त आयोजनामा सानीमा बैंक लिमिटेडको नेतृत्वमा यस्तो सम्झौता भएको हो ।

प्रबन्ध निर्देशक शालिकराम बेलबासेको नेतृत्व तथा निर्देशक तुलसीराम पोखरेलको उपस्थितिमा प्रवर्द्धक कम्पनीका अध्यक्ष भोजबहादुर शाह तथा सानिमा बैंकका प्रमुख कर्जा अधिकृत सरोजकुमार थापा र पवनकुमार आचार्य, कृषि विकास बैंकका वरिष्ठ शाखा प्रमुख विजय ढकाल, नेपाल एसबिआई बैंकका हेड-कर्पोरेट क्रेडिट प्रविन भट्टराई र एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले लगानी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

आयोजनामा एनआईसी एसिया बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड तथा नेपाल एसबीआई बैंक लिमिटेड सहभागी बैंकले समेत लगानी गर्ने छन् । कुल ९ अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत बैंक (६ अर्ब ८७ करोड रुपैयाँ) तथा २५ स्वपुँजी (२ अर्ब २९ करोड रुपैयाँ) लगानी रहने कम्पनीले जानकारी दिएको छ ।

आयोजनासँग सम्बद्ध प्राविधिक टोलीका सदस्य तथा वरिष्ठ परियोजना इन्जिनियर मुकुन्द झाले वित्तीय सम्झौता ले आयोजना योजना चरणबाट कार्यान्वयन चरणमा अघि बढेको महत्त्वपूर्ण सङ्केत दिएको बताए । 'वित्तीय सम्झौता केवल औपचारिक सम्झौता मात्र नभई ऋणदाता संस्था, साझेदार र अन्य सरोकारवालाले आयोजनाको प्राविधिक, वित्तीय तथा वातावरणीय सम्भावनामा विश्वास व्यक्त गरेका हुन्,' उनले भने ।

कोशी प्रदेशमा निर्माण हुने आयोजना २.१ घन्टासम्मको पिकिङमा आधारित रहेको छ । कम्पनीका अनुसार आयोजनाको क्याचमेन्ट क्षेत्र करिब ७२.२ वर्ग किलोमिटर र डिजाइन बहाब ५.१५ घनमिटर प्रतिसेकेन्ड रहने छ । आयोजनाले करिब १००३ मिटर नेट हेड प्रयोग गरी ४४ मेगावाट विद्युत् उत्पादन गर्ने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक औसत करिब २५७.६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । 

आयोजनाको संरचनाअन्तर्गत करिब ३,११४ मिटर लामो हेडरेस सुरुङ, १,१६० मिटर लामो पेनस्टक पाइप तथा सतही विद्युत्‌गृह (पावरहाउस) निर्माण हुने छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समावेश गर्न आयोजनाले करिब १.९ किलोमिटर आफ्नै प्रसारण लाइन निर्माण गर्ने छ। साथै अन्य तीन जलविद्युत् आयोजनासँग साझेदारीमा निर्माण हुने करिब ५५ किलोमिटर लामो साझा प्रसारण लाइनमार्फत विद्युत् सितलपाटी सबस्टेसनसम्म प्रवाह गरिने छ। उक्त प्रसारण लाइनको लागत भने बकान खोला सहित सोही क्षेत्रमा निर्माण भइरहेका छुजुङ खोला र माथिल्लो छुजुङ खोलाले समेत प्रयोग गर्ने गरी समझदारी भएको छ ।

आयोजना निर्माणका लागि पहुँच सडकसमेत निर्माण गरिने छ । विद्युत्‌गृहसम्म करिब १ किलोमिटर सडक र त्यहाँबाट इन्टेक क्षेत्रसम्म थप करिब १२ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ । आयोजना सम्पन्न भएपछि नेपालको स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न, राष्ट्रिय ऊर्जा सुरक्षालाई सुदृढ बनाउन तथा स्थानीय स्तरमा पूर्वाधार विकास र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३