काठमाडौँ । बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगले कम्पनीलाई १ः१ को अनुपातका हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।
चुक्ता पुँजीको १ः१ को अनुपातमा हुन आउने २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको कम्पनीले जनाएको छ । कम्पनी निष्कासन गर्न लागेको सेयर ३.४५ मेगावाटको सिंकोस खोला जलविद्युत आयोजना र कम्पनीको स्वामित्वमा रहेको ०.७५ मेगावाटको तल्लो ठेउले खोला जलविद्युत् (क्यास्केड) आयोजनामा लगानी गर्नेछ ।
कम्पनीले बाग्लुङ जिल्लाको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । निर्माण सम्पन्न आयोजनाले २०७५ असार २४ गतेदेखि निरन्तर विद्युत उत्पदन गरिरहेको छ ।