विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स हाइड्रो पावर कम्पनीले भदौ ३१ गतेदेखि ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको साधारण सेयर जारी गर्न लागेको हो ।

आयोजनाको अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ का स्थानीयका बासिन्दाहरूका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र बाँकी जिल्लाभरीका स्थानीयका लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । इच्छुकले छिटोमा असोज १४ गतेसम्म र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबी बैंकको भोटेवडा शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । ८८ प्रतिशत बढी निर्माण पूरा भएको आयोजनाबाट आगामी माघभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit