विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । मन्त्रिपरिषद्ले लिखित निर्देशन दिएपछि पनि नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटेको लाइन नजोड्नु दुर्भाग्यपूर्ण भएको उद्योगीहरुले बताएका छन् । शुक्रबार पीडित तथा प्रताडित उद्योगी समूहको नामले एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो बताएका हुन् । 

सरकारले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल विवाद सुल्झाउन जाँचबुझ आयोग ऐन २०२६ अनुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गर्नु सकारात्मक रहेको समेत उनीहरुले बताएका छन् । 

सम्बन्धीत व्यक्तिसँग बयान लिने, लिखित प्रमाण पेश गर्न आदेश दिने, प्रमाण बुझ्ने, अदालतबाट कुनै लिखित वा त्यसको नक्कल झिकाउने समेतको अधिकार आयोगलाई रहेकोबारे आफूहरु जानकारी रहेको भन्दै उनीहरुले आयोगको छानबिनमा सघाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

मन्त्रिपरिषद्को बैठकले गत मंगलबार (२४ पुस) मा महसुल विवादबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गर्दै प्राधिकरणलाई लाइन काटिएका २४ उद्योगमा लाइन जोड्न निर्देशन दिएको थियो । तर, प्राधिकरणले शुक्रबारसम्म पनि ती उद्योगमा लाइन जोड्न आनाकानी गरिरहेको छ । 

यस्ताे छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३