विद्युत अपडेट

  • प्राधिकरण : ८७७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६५४ मे.वा.घन्टा
  • आयात : १४९ मे.वा.घन्टा
  • निर्यात : ९५६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५५२८४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७०९ मे.वा.
२०८२ साउन १, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको विगु गाउँपालिका–८ मा निर्माणाधीन साँघु खोला–१ जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी थालेको छ । हिमपर्वत हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको २ आयोजना मध्ये पहिलो चरणमा ५.५ मेगावाटको साँघु खोला १ का संरचनाको परीक्षण सुरु गरिएको हो । 

आयोजनाको बाँध क्षेत्र (हेडवर्क्स) मा रहेका इन्टेक, बाँध, कल्भर्ड, डिस्यान्डर र गेटहरूको परीक्षण भइसकेको छ । अहिले नेपाल विद्युत् प्राधिकरणबाट आएका प्राविधिक टोलीले विद्युत्गृहका विभिन्न उपकरणको परीक्षण गरिरहेको आयोजनाको प्रबद्र्धक हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । संरचनाहरूको परीक्षण सफल भए यही साताभित्र परीक्षण उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । 

हिमपर्वतले नै निर्माण गरेको पेगू दोभानदेखि सिंगटीसम्मको ३३ केभी डबल सर्किट प्रसारण लाइन र सिंगटी सबस्टेसनमा रहेको स्विचयार्डको समेत परीक्षण गरिसकेको छ । साविक आलम्पू र चिलंखा गाविसको बीच भएर बग्ने साँघु खोला र चिलंखातिरबाट आउने स्याँखू खोलाको दोभानभन्दा ३ सय मिटरमाथि बाँध निर्माण गरिएको छ । उक्त बाँधबाट फर्काएको पानी पेगू दोभानमा खसाली ५.५ मेगावाट विद्युत उत्पादन गर्ने गरी एउटा आयोजना निर्माण गरिएको छ । आयोजनाको बाँधमा स्याखु खोलाको पानी समेत फर्काएर मिसाउने योजना छ । 

आयोजनाको ग्रस हेड १४९ मिटर ग्रस हेड रहेको छ भने २ हजार ३१२ मिटर मध्ये हेडरेस पाइप रहेको छ । 

२० मेगावाटकाे साँघु खाेला एक महिनापछि

हिमपर्वतले नै निर्माण गरिरहेको २० मेगावाटको अर्को साँघु खाेला जलविद्युत् आयोजनाबाट एक महिनापछि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । पेगू दोभानमा विद्युत्गृहबाट निस्केको पानीलाई सोझै पेनस्टकबाटै याे आयोजनाको हेडपोन्डमा मिसाइएको छ । आयोजना अन्तर्गत साँघु खोला र पेगू खोलाको दोभानमा पेगू खोलाको पानीलाई समेत बाँध निर्माण गरी फर्काएर बालुवा थिग्रयाउने पोखरीमा दुवै खोलाको पानी मिसाएर पेनस्टक पाइपबाट सोरुङ खोलामा लगी विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ । 

२० मेगावाटको आयोजनाको सिभिल संरचना, प्रसारण लाइन र विद्युतगृह निर्माणका सबै काम पूरा भएका छन् । हाल पेनस्टक पाइप जडान सकेर त्यसमा प्रेसर परीक्षणको काम भइरहेको अध्यक्ष गुरुङले बताए । पाइप जडानको काम र विद्युत्गृहको सामान्य काम एक महिनामा पूरा गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

आयोजनाको हेडरेस पाइपको लम्बाइ ५ हजार ८१० मिटर रहेको छ । सोरुङ खोलामा विद्युत गृह निर्माण भएको छ । विगु गाउँपालिका–८ मा हाल निर्माणाधीन ३ वटै आयोजनाको विद्युत् जोड्न मिल्ने गरी स्वीच्याड निर्माण भइरहेको छ । यहाँ भविष्यमा निर्माण हुने जलविद्युत् आयोजनालाई समेत लक्षित गरी स्वीच्याड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको ८ किलोमिटर टाढा रहेको सिंगटी सबस्टेसनमा जोडिएको छ ।  सोरुङ खोलादेखि सिंगटीसम्मको १३२ केभीको २५ वटा टावर निर्माण भएका छन् । 

दुवै आयोजनाको सिभिल संरचना निर्माणको काम मस्तिङ हिमाली जेभी, इलेक्ट्रोमेकानिकलको काम  फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानकलको काम डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइन निर्माणको काम सम्प्रधा ट्रेडिङ प्रालिले गरिरहेका छन् । 

२० मेगावाटका आयोजनाको लागत ३ अर्ब ९० करोड रहेको छ भने ५.५ मेगावाटको आयोजनाका लागि १ अर्ब ५ करोड लागत अनुमान गरिएको छ । दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र माछापुछ«े बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजी लगानीको अनुपात ७०ः३० रहेको छ । आयोजनामा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले ३९ करोड स्वपुँजी लगानी गरेको छ । 

हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । 

सम्झौता अनुसार १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्काशन गरिने छ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

तस्बिरहरू 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३