विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं। सिईडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिले त्रैमाससम्मको अवधिमो सो मुनाफा कमाएको हो ।

साउनदेखि असोजसम्मको अवधिमा ४ करोड १३ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो मुनाफा गत वर्षको यहीसमयअवधिको तुलनामा कम हो । गत वर्ष ७ करोड ६६ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले ५ करोड ८८ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ११ कराृड ८५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले लगानी गरेको जलविद्युत आयोजनामध्ये तल्लो खारे खोलाको उत्पादन परिक्षणको कार्य भइरहेको छ । यस्तै, दोर्दी–१ र रुकुमगाड पनि चालु आर्थिक वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । कम्पनीको लगानी रहेको ४६ मेगावाटको कसुवा खोला पनि चालु आर्थिक वर्षभित्र निर्माण सुरु हुनेछ ।

नेपाल हाइड्रो डेभलपरले पनि ७९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा बढेको हो । गत वर्ष ७९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा चनरावतीको विद्युत बिक्री गरी २ करोड ४१ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । विद्युत उत्पादन आम्दानी पनि गत वर्षको तुलनामा बढेको हो । गत वर्ष २ करोड १२ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले चनरावतीसँगै ६ मेगावाटको चनरावती क्यासकेड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

अपि पावर कम्पनीले पनि ७ करोड ६६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा कम्पनीले ८.५ मेगावाटको नौगाड गाड र ८ मेगावाटको नौगाड गाड जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १६ करोड ८९ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । यो कम्पनीले १ मेगावाटको सोलार आयोजनाको काम पूरा गरी सञ्चालन गरीरहेको छ । यस्तै, ४० मेगावाटको माथिल्लो चमेलिया, १ मेगावाटको ढल्केबर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना निर्माण गरीरहेको छ । 

यस्तै, सिंगटी हाइड्रोले ४ करोड ५६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको विद्युत बिक्री गरी २१ करोड ३५ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आयोजनाले गत साउनदेखि व्यापारीक विद्युत उत्पादन सुरु गरेको हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit