काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजार (इन्डियन इनर्जी एक्सचेन्ज - आइएक्स) बाट अधिकतम १००४ मेगावाटसम्म विद्युत् आयात गर्ने स्वीकृति पाएको छ । भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड मार्केट (ड्याम) र रियल-टाइम मार्केट (आरटिएम) मार्फत विद्युत् खरिदका लागि यो स्वीकृति प्राप्त भएको हो ।
भारतले दुई चरण गरी आगामी मे महिनासम्म ९२४ मेगावाट र जुन महिनादेखि अगष्टसम्म १००४ मेगावाट आयात गर्न स्वीकृति दिएको प्राधिकरणले जानकारी दिएको छ ।
पहिलो चरणमा आयात हुने ९२४ मेगावाटमध्ये ढल्केबर-मुजफ्फरपुर ४०० केभीबाट ६०० मेगावाट, बिहार राज्यअन्तर्गत कटैया-कुशाहा १३२ केभीबाट २२० मेगावाट, टनकपुर-महेन्द्रनगर १३२ केभीबाट ५४ मेगावाट र नौतनवा-मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट आयात गर्न स्वीकृत प्राप्त भएको प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक राजन ढकालले जानकारी दिए ।
ढकालका अनुसार दोस्रो चरण (जुन महिनादेखि अगष्टसम्म) मा आयात हुने १००४ मेगावाटमध्ये ढल्केबर-मुजफ्फरपुर ४०० केभीबाट ६०० मेगावाट, कटैया-कुशाहा १३२ केभीबाट ३०० मेगावाट, टनकपुर-महेन्द्रनगर १३२ केभीबाट ५४ मेगावाट र नौतनवा-मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट आयात गर्न स्वीकृत प्राप्त भएको छ ।
ढल्केबर-मुजफ्फरपुर ४०० केभीबाट आयात गर्ने ६०० मेगावाट अप्रिल १ देखि अगस्ट ३१ सम्म विभिन्न समय तालिका अनुसार तय गरिएको छ । अप्रिल १ देखि अप्रिल १५ सम्म र जुलाई १ देखि अगस्ट ३१ सम्म चौबिसै घन्टा (आरटिएम) विद्युत् ल्याउन पाइने छ । अप्रिल १६ देखि जुन ३० सम्मको अवधिमा भने यो लाइनबाट दैनिक १६ घन्टा मात्र आयातको अनुमति दिइएको छ । जसमा अप्रिल १६ देखि ३० सम्म बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म र मे १ देखि जुन ३० सम्म बिहान ४ बजेदेखि राती ८ बजेसम्म विद्युत आयात गर्न सकिने प्रावधान रहेको छ ।
भारतबाट विद्युत् आयात गर्न स्वीकृत प्राप्त परिमाण, प्रसारण लाइन र अवधि लगायत विवरण
|
क्र.सं. |
प्रसारण लाइन |
स्वीकृत क्षमता |
अवधि |
समय |
अवधि (घन्टा) |
|
१ |
ढल्केबर–मुजफ्फरपुर ४०० केभी |
६०० मेगावाट |
अप्रिल १ देखि अप्रिल १५ सम्म |
चौबिसै घन्टा (आरटिएम) |
२४ घन्टा |
|
अप्रिल १६ देखि अप्रिल ३० सम्म |
०२:०० बजे देखि १८:०० बजेसम्म |
१६ घन्टा |
|||
|
मे १ देखि जुन ३० सम्म |
०४:०० बजे देखि २०:०० बजेसम्म |
१६ घन्टा |
|||
|
जुलाई १ देखि अगस्ट ३१ सम्म |
चौबिसै घन्टा (आरटिएम) |
२४ घन्टा |
|||
|
२ |
टनकपुर–महेन्द्रनगर १३२ केभी |
५४ मेगावाट |
अप्रिल १ देखि अप्रिल १५ सम्म |
चौबिसै घन्टा (आरटिएम) |
२४ घन्टा |
|
अप्रिल १६ देखि अप्रिल ३० सम्म |
०२:०० बजे देखि १८:०० बजेसम्म |
१६ घन्टा |
|||
|
मे १ देखि जुन ३० सम्म |
०४:०० बजे देखि २०:०० बजेसम्म |
१६ घन्टा |
|||
|
जुलाई १ देखि अगस्ट ३१ सम्म |
चौबिसै घन्टा (आरटिएम) |
२४ घन्टा |
|||
|
३ |
बिहार (कटैया–कुशाहा, रक्सौल–परवानीपुर, रामनगर–सूरजपुरा) १३२ केभी लाइनहरू |
२२० मेगावाट |
अप्रिल १ देखि अप्रिल १५ सम्म |
चौबिसै घन्टा (आरटिएम) |
२४ घन्टा |
|
२२० मेगावाट |
अप्रिल १६ देखि अप्रिल ३० सम्म |
०२:०० बजे देखि १८:०० बजेसम्म |
१६ घन्टा |
||
|
२२० मेगावाट |
मे १ देखि मे ३१ सम्म |
०४:०० बजे देखि २०:०० बजेसम्म |
१६ घन्टा |
||
|
३०० मेगावाट |
जुन १ देखि जुन ३० सम्म |
०४:०० बजे देखि २०:०० बजेसम्म |
१६ घन्टा |
||
|
३०० मेगावाट |
जुलाई १ देखि अगस्ट ३१ सम्म |
चौबिसै घन्टा (आरटिएम) |
२४ घन्टा |
||
|
४ |
उत्तर प्रदेश (नौतनवा–मैनहिया) १३२ केभी लाइन |
५० मेगावाट |
अप्रिल १ देखि अप्रिल १५ सम्म |
चौबिसै घन्टा (आरटिएम) |
२४ घन्टा |
|
अप्रिल १६ देखि अप्रिल ३० सम्म |
०२:०० बजे देखि १८:०० बजेसम्म |
१६ घन्टा |
|||
|
मे १ देखि जुन ३० सम्म |
०४:०० बजे देखि २०:०० बजेसम्म |
१६ घन्टा |
|||
|
जुलाई १ देखि अगस्ट ३१ सम्म |
चौबिसै घन्टा (आरटिएम) |
२४ घन्टा |
स्रोतः नेपाल विद्युत् प्राधिकरण
त्यस्तै, टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ल्याइने विद्युत् अप्रिलको पहिलो १५ दिन र जुलाई तथा अगस्ट महिनामा चौबिसै घन्टा (आरटिएम) आयात गर्न सकिने छ । बाँकी अवधि (अप्रिल १६ देखि जुन ३०) मा भने दैनिक १६ घन्टा मात्र आयात गर्न पाइने छ ।
यसैगरी, १३२ केभी बिहारका विभिन्न लाइनहरू (कटैया–कुशाहा, रक्सौल–परवानीपुर, रामनगर–सूरजपुरा) र उत्तर प्रदेशको नौतनवा–मैनहिया लाइनबाट समेत गरी कुल ३०० मेगावाटसम्म आयात गर्न स्वीकृति प्राप्त भएको छ । यी लाइनबाट अप्रिल १ देखि १५ सम्म र जुलाई १ देखि अगस्ट ३१ सम्म चौबिसै घन्टा विद्युत् ल्याउन सकिने छ ।
अप्रिल १६ देखि जुन ३० सम्मको अवधिमा भने यी नाकाबाट पनि दैनिक १६ घन्टा मात्र आयात गर्न पाइने भारतबाट उपलब्ध तालिकामा उल्लेख छ । सुख्खायाममा आन्तरिक उत्पादन न्यून हुने र माग बढ्ने समयमा प्राप्त यो नयाँ स्वीकृतिले मुलुकको विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो राहत पुग्ने प्राधिकरणको विश्वास छ ।