विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले आफ्ना सेयरधनीलाई १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

हालको चुक्ता पुँजी ११ अर्ब रुपैयाँलाई बढाएर ३० अर्ब रुपैयाँ पुर्याउन उक्त अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले भने कति परिमाण वा अनुपातमा निष्कासन गर्ने भन्ने यकिन नभएको तर प्रक्रिया अगाडि बढाइएको बताए ।

‘ऋण बढी भएपछि वा कम्पनीलाई आवश्यकता परेपछि हकप्रद सेयर निष्कासन गर्ने सामान्य कुरा हो, यो बढी चासोको कुरा पनि होइन,’ उनले भने, ‘बजारमा हल्ला भएजस्तो यही मितिमा निष्कासन गर्ने भन्ने पनि केही छैन । वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यसबारे निक्र्योल हुन सक्छ ।’

कम्पनी सञ्चालक समितिले यस विषयमा निर्णय गरिसकेको र विद्युत् नियमन आयोगबाट समेत वार्षिक साधारणसभामा एजेण्डा लैजान स्वीकृत लिइसकेको जनाइएको छ । सँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत लिनका लागि पनि आवेदिन दिइएको तर त्यहाँबाट काम अगाडि नबढेको स्रोतले जानकारी दियो ।

हरेक आर्थिक वर्षको ६ महिनाभित्र अर्थात् पुसभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान रहे पनि कम्पनीको आर्थिक वर्ष २०७८/७९ को साधारणसभा भएको छैन । अब यो वर्ष दुई वर्षको साधारणसभा गरेर हकप्रद सेयर निष्कासन पारित गर्नुपर्ने हुन्छ ।

आयोजनाको ऋण अत्याधिक रहेको हुँदा त्यसको भुक्तानी र लगानीकर्तालाई केही प्रतिशत भए पनि लाभांश दिने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्न लागेको देखिन्छ । साथै, कम्पनीले नै निर्माण गरिरहेको २० मेगावाटको रोल्वालिङ खोलामा लगानी गर्न पुँजी आवश्यक परेका कारण पनि हकप्रद सेयर निष्कासन गर्न लागेको जनाइएको छ ।

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँमा टुंगो लागेको कम्पनीले जानकारी दिएको छ । यसको आधारमा माथिल्लो तामाकोसी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको छ । कम्पनीका अनुसार कूल लागतमध्ये ५२ अर्ब रुपैयाँ खूद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धि लगायत खर्च निस्केको छ ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३