विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोका कारण विद्युतीय पोल क्षतिग्रस्त हुँदा नवलपरासीको देउचुली नगरपालिका–६, बाह्रकोलका १३० घरधुरीको विद्युत सेवा अवरुद्ध भएको छ । केही दिनदेखि निरन्तर परिरहेको  झरीले कीर्तिपुर जाने सडक भत्किएर विद्युतीय पोलमा क्षति पुगेपछि विद्युत सेवा अवरुद्ध हुन पुगेको हो ।

बाढीले वितरण लाइनको संरचनामा क्षति पुग्दा विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका सुपरभाइजर अन्जित न्यौपानेले बताए । उनले बाढीले विद्युतीय संरचनामा पुर्याएको क्षतिको यकिन विवरण आइनसकेको बताए ।

‘बाढीको उच्च जोखिमको क्षेत्र भएकाले यस गाउँमा वर्षा याममा डेढ महिना जस्तो सधैं विद्युत सेवा अवरुद्ध हुन्छ’ उनले ऊर्जा खबरसँग भने, ‘बाढी र पहिरोले सडक सञ्जाल र विद्युती संरचनामा क्षति पुर्याउने हुँदा त्यहाँसम्म पुगेर वितरण लाइन मर्मत गरी आपूर्ति सुचारु गराउन सक्ने अवस्था छैन ।’

एक साताअघि पनि वितरण लाइनका ४ वटा पोल ढलेकोमा मर्मत गरेर सेवा सूचारु गरिएको थियो । गत बुधबारको भीषण वर्षाले फेरि विद्युतीय संरचनामा क्षति पुगेपछि भने आपूर्ति सुचारु गर्न नसकेको उनले बताए ।

विद्युतीय संरचना क्षतिग्रस्त हुँदा ५ दिनदेखि गाउँवासी अँध्यारोमा बसिरहेका छन् । विद्युत आपूर्ति बन्द हुँदा सञ्चार उपकरण चार्ज गर्न नपाउँदा स्थानीयबासी सञ्चार सुविधा उपयोग गर्नबाट बन्चित भएका छन् ।

सडकमा झरेको पहिरो हटाउने काम शनिबारदेखि शुरु भएको वितरण केन्द्रले जनाएको छ । पहिरो हटाउन अझै २/३ दिन लाग्ने देखिएको छ ।

पहिरो हटाइसकेपछि क्षतिको विवरण संकलन गरेर वितरण लाइन मर्मत गरी विद्युत सेवा सुचारु गर्ने पनि वितरण  केन्द्रले जनाएको छ । वितरण केन्द्र अन्तर्गत करिब ६५ हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit