विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ग्रीन हाइड्रोजनको प्रवर्द्धनका लागि काठमाडौँ विश्व विद्यालय (केयू) र भि-रक एण्ड कम्पनी प्रालिबीच सहकार्य गर्न समझदारी भएको छ । ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादन तथा प्रयोगका लागि आवश्यक काम गर्न दुई संस्थाबिच समझदारी भएको केयूका सहप्राध्यापक एवं ग्रीन हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले जानकारी दिए।

‘ग्रीन हाइड्रोजनको विकास गर्न सरकारले ग्रीन हाइड्रोजन नीति २०८० ल्याएको छ,’ उनले भने, ‘तर यसको उत्पादन र प्रयोगलाई आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य बनाउन आवश्यक व्यवस्थापनको रणनीति बनाउन समझदारी भएको हो ।’ ग्रीन हाइड्रोजन उत्पादनमा केयूले प्राप्त गरेको ज्ञान, सिप र अनुभवका आधारमा व्यापारिक उत्पादन गर्न चाहने कम्पनीलाई सघाउने छ ।

यसअघि केयूले आफ्नै ल्याबमा ग्रिन हाइड्रोजन उत्पादन गर्ने र त्यसको प्रयोगबाट गाडी चलाउने र खाना पकाउने कार्यको सफल परीक्षण गरिसकेको छ । 


 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३