विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नाडा अटोमोबाइल एशोसियन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशसरण महतसँग भेट गरेका छन् । आइतबारको भेट कार्यक्रममा व्यवसायीहरूले अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरूका विषयमा छलफल गरेका थिए ।

भेटमा मन्त्री महतले अब अटोमोबाइल व्यवसायीहरूले विद्युतीय सवारी साधनहरूको उत्पादन र बिक्रीमा ध्यान दिनुपर्ने बताए । यसबारे नाडा अध्यक्ष थापाले विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे ।

थापाले सवारी साधनहरूलाई सरकारले विलाशिताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरूको निर्माण भइरहेको गुनासो गर्दै सवारी साधनहरूलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे । ‘अटो लोन हायर÷पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नुपर्छ’, उनले भने, ‘भाडामा चल्ने सवारी साधनहरूमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन आग्रह गर्दछौ ।’

भेटघाट तथा छलफल कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सह–कोषाध्यक्ष पंकज अग्रवाल, सुदुर–पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष तथा नाडाका केन्द्रीय कार्य समिति सदस्य पुष्कर ओझा, केन्द्रिय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा समेतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३