विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको खुद नाफा ५ करोड ९ लाख १२ हजार रुपैयाँ घटेको छ । कम्पनीको चालू आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणअनुसार  विद्युत बिक्रीबाट हुने आम्दानीको मुनाफा घटेको हो ।

कम्पनीले साउनदेखि पुस मसान्तको अवधिमा १ करोड ५६ लाख ७१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा ६ करोड ६५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो वर्षको नाफा ह्वात्तै घटेको हाे ।

यस्तै, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ । कम्पनीले ६ महिनामा गत वर्षको यही अवधिको तुलनामा विद्युत बिक्रीबाट हुने करिब २ करोड रुपैयाँ आम्दानी गुमाएको छ । गत वर्ष १७ करोड ६१ लाख ४८ हजार रुपैयाँ आम्दानी भएकोमा यो वर्ष १५ करोड ६२ लाख २७ हजार रुपैयाँ आम्दानी भएको कम्पनीले जनाएको छ । 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । कम्पनीले अन्य स्रोतबाट १९ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष १६ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको पर्वतमा १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालनमा छ । १०.५ मेगावाटको तल्लो मोदी–२ (क्यासकेड) जलविद्युत आयोजना निर्माणको चरणमा छ । 

न्यादी ग्रुप पावरले ३ करोड रुपैयाँ खुद नाफा कमायो

न्यादी ग्रुप पावर कम्पनीले करिब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालू आर्थिक वर्ष सुरु भएदेखि हालसम्मको अवधिमा सो नाफा आर्जन गरेको हो । पुस मसान्तसम्म २ करोड ८८ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्जन गरेको खुद नाफा गत वर्षको तुलनामा भने घटेको हो । कम्पनीले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५२ लाख ५० हजार रुपैयाँ कम हो  । गत वर्ष ४ करोड ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद नाफासँगै विद्युत उत्पादन आम्दानी पनि २ करोड ५९ लाख ७२ हजार रुपैयाँ घटेको छ । कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ८७ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ८ करोड ४७ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

लिवर्टी, दिव्यश्वरी र हिमालयन ऊर्जा विकास कम्पनी घाटामा 

लिवर्टी इनर्जी, दिव्यश्वरी हाइड्रो पावर र हिमालन ऊर्जा विकास कम्पनीकाे वित्तीय विवरण ऋणात्मक देखिएकाे छ । चालू आर्थिक वर्षको ६ महिनामा यी कम्पनीकाे वित्तीय विवरण ऋणात्मक देखिएकाे हाे ।

लिवर्टी इनर्जीकाे वित्तीय विवरण गत वर्षकाे याे अवधिकाे तुलनामा २ कराेड ९१ लाख ७० कराेड रुपैयाँले ऋणात्मक देखिएकाे छ । कम्पनीले निर्माण गरेकाे २५ मेगावाटकाे माथिल्लो दोेर्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा आइनसकेकाले वित्तीय विवरण ऋणात्मक देखिएकाे हाे । आयाेजना सञ्चालनमा आएपछि कम्पनीकाे आम्दानी र मुनाफा बढ्नेछ ।

यस्तै, दिव्यश्वरी हाइड्रो पावर कम्पनीले १ करोड ३८ लाख रुपैयाँ नाेक्सान बेहाेरेकाे छ । कम्पनीले संखुवासभामा सञ्चालित सभाखाेला जलविद्युतबाट हुने आम्दानीकाे मुनाफा घटेकाे हाे ।

१९ मेगावाटका माथिल्लाे र उपल्लाे खिम्ती जलविद्युत आयाेजना निर्माण गरिरहेकाे हिमालयन ऊर्जा विकास कम्पनी कम्पनीकाे वित्तीय विवरण पनि ऋणात्मक देखिएकाे छ । याे कम्पनीले निर्माण गरिरहेका आयाेजना पनि सञ्चालनमा आइनसकेकाले वित्तीय विवरण ऋणात्मक देखिएकाे हाे ।

कम्पनीले पुस मसान्तसम्म ३ लाख १२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीका अनुसार यो घाटा गत वर्षकाे भन्दा कम हाे । कम्पनीकाे गत वर्ष यही अवधिकाे घाटा करिब १९ लाख ७४ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit