काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटार सबस्टेशनदेखि मातातीर्थ सबस्टेशनसम्मको १३२ केभी प्रसारण लाइन स्तरोन्नति गर्ने भएको छ । उक्त प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर (तार) हटाएर नयाँ जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
उक्त स्तरोन्नति कार्यका लागि सो प्रसारण लाइन तथा सबस्टेशनबाट विद्युत् प्रसाण हुँदै आएका ५ वटा फिडरको आपूर्ति दैनिक ६ घण्टाका दरले जेठ ४ गतेसम्म (७ दिन) अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हसनटार, खड्का गाँउ र थानकोट फिडर अन्तर्गत वैशाख २९ गतेखि ३१ गतेसम्म विद्युत् अवरूद्ध रहने छ भने जेठ १ देखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा विद्युत् अवरूद्ध रहने जानकारी दिइएको छ ।
सो क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाइएको छ ।