विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माया खोला हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा रहेको प्रभु क्यापिटल लिमिटेडले पुस २६ गते (मंगलवार)  स्थानीयका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले स्थानीयका लागि निष्कासन गरेको १० लाख कित्ता साधारण सेयर मध्ये संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाको वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरूको लागि ६ लाख कित्ता सेयर र प्रभावित स्थाई बासीन्दाहरूको लागि ४ लाख कित्ता सेयर निष्कासन गरिएको हो ।

कम्पनीको १० लाख कित्ता सेयरको लागि ३८९९ जना आवेदकले आवेदन दिएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार अति प्रभावितमा १,७७२ जना आवेदकबाट ६,९०,९४० कित्ताको लागि रितपुर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि १२०० कित्ता सम्म आवेदन दिने आवेदकलाई ५,२१,६२० कित्ता सेयर बाँडफाँड गरिएका छ । यस्तै, १२०० कित्ता भन्दा बढी ९,५२० कित्ता सेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरूलाई १२०० कित्ता सेयर गरी ७८,००० कित्ता सेयर दिइएकाे कम्पनीले जनाएकाे छ । र बाँकी रहेको ३८० कित्ताको लागि १३०० कित्ता देखि ९,५२० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जना आवेदकलाई १०/१० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

साथै, प्रभावितमा २०६२ जना आवेदकहरूबाट ४,०१,८०० कित्ताको लागि रितपुर्वक आवेदन प्राप्त भएपछि उक्त आवेदकहरुलाई ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit