काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले मंसिर १० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले १ः२ को अनुपातमा हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरकाे १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । सेयरधनी सदस्यले पुस १ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको अन्नपुर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दी खोला जलविद्युत् सञ्चालनमा छ ।