विद्युत अपडेट

  • प्राधिकरण : ९६३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३१८२८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ९६४९ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४१२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१४ मे.वा.
२०८१ कार्तिक २०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । भारतीय निजी कम्पनी जीएमआर इनर्जी लिमिटेडले लगानी जुटाउन नसकेर १६ वर्षदेखि होल्ड गर्दै आएको ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा थप दुई भारतीय कम्पनीले साथ दिने भएका छन् । 

उक्त आयोजना विकासका लागि सहकार्य गर्न भारतकै सरकारी कम्पनी  सतलज जलविद्युत् निगम (एसजेभीएन) र भारतको नवीकरणीय ऊर्जा विकासमा काम गर्दै आएको अर्को कम्पनी रिन्यूएवल इनर्जी डेभलपमेन्ट एजेन्सी लिमिटेड (इरेडा) ले जीएमआरसँग सहकार्य गर्ने भएका हुन् । 

जीएमआर ग्रुपको शतप्रतिशत स्वामित्वमा रहँदै आएको जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडको केही प्रतिशत शेयर स्वामित्व समेत लिने गरी यी दुई कम्पनी आयोजना निर्माणमा सहकार्य गर्न भित्रिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

सोमबार नयाँ दिल्लीमा जीएमआर ग्रुप, एसजेभीएन र इरेडाबीच त्रिपक्षीय समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर समारोहमा एसजेभीएनका प्रमुख प्रबन्ध निर्देशक(सीएमडी) सुशील शर्मा, इरेडाका वित्त निर्देशक डा. बीके मोहन्ती, इरेडाकै वरिष्ठ अधिकारी एसके शर्मा, एसजेभीएनका जीएम जितेन्द्र यादव, जीएमआरका प्रमुख कार्यकारी अधिकृत एसएन बार्डेलगायतको उपस्थिति थियो । 

समारोहलाई सम्बोधन गर्दै इरेडाका प्रमुख तथा प्रबन्ध निर्देशक प्रदीपकुमार दासले माथिल्लो कर्णाली आयोजनाको महत्वबारे प्रकाश पारेका थिए । ‘यस परियोजनामा हाम्रो लगानीले नवीकरणीय ऊर्जाको विकासमा इरेडाको प्रतिबद्धतालाई उजागर गरेको छ,’ उनले भने, ‘यो सहकार्यले नेपालको ऊर्जा विकासका साथै क्षेत्रीय ऊर्जा सहकार्यलाई समेत गति प्रदान गर्दछ ।’ यो परियोजनामा गरिने लगानीलाई इरेडाको बोर्डले गत जुलाईमा नै स्वीकृत गरिसकेको थियो । 

सन् २००८ मा आयोजनाको विकास गर्न दिने जीएमआरलाई दिने समझदारीमा नेपालले गरेकाे थियाे । यसरी समझदारी गरी आयाेजना लिएको लिएको जीएमआरले सन् २०१४ मा परियोजना विकास सम्झौता (पीडीए) गरे पनि लगानी जुटाउन नसक्दा आयोजना निर्माणमा लान सकेको थिएन । 

भारतको ऊर्जा विकासमा तीव्र गतिले लागेका दुई कम्पनीको साथ पाएपछि अब आयोजना अघि बढ्ने विश्वासिलो वातावरण बन्दै गएको देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३