विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको भदौ २५ गते सम्पन्न १८औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट उक्त परिमाणको बोनस सेयर र ०.३९३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षबाट दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण करिब ३५ प्रतिशत सम्पन्न भई सकेको कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट आगामी वर्ष विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

हकप्रद सेयर जारी गरी संकलित पुँजी यसै आयोजनाको निर्माणमा लगानी गर्ने कम्पनीको योजना छ । कम्पनीले यसै आवमा चन्द्रनिगाहपूरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

यसैगरी, चालू वर्षको मंसिरसम्म धनुषाको ढल्केबरमा १ मेगावाट र सिमरामा १ मेगावाटका सौर्य आयोजना सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । यी सबै आयोजनाको निर्माणपछि अपि पावर ६२.५० मेगावाटका विद्युत आयोजना सञ्चालन गर्ने कम्पनी हुनेछ ।

आगामी वर्षदेखि कम्पनीको मुनाफामा उल्लेख्या वृद्धि हुने र दोहोरो अंकको लाभांश उपलब्ध गराउने दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit