विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले एक महिनामा १ करोड १० लाख रुपैयाँ बढी बक्यौता असुली गरेको छ । केन्द्रले चालु आर्थिक वर्ष २०७८/७९ को भदौको २४ गतेसम्मको अवधिमा सो बक्यौता असुली गरेको हो ।

लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरिएको केन्द्र प्रमुख चुटुन कुमार श्रीवास्तवले बताए  । उनका अनुसार लाइन काटिएका ग्राहकमध्ये ३० जनाले जरिवानासहितको १ करोड १० लाख २८ हजार ६ सय रुपैयाँ बक्यौता बुझाएपछि उनीहरुको लाइन पुनःजोडिएको छ ।

बक्यौता बुझाउनेमध्ये सबैभन्दा बढी पवन ईटा उद्योगले ४५ लाख १ हजार १४ रुपैयाँ विद्युत महशुल बुझाएको छ । लुम्बिनी चिनी उद्योगले १७ लाख ८४ हजार ९ सय ५६, पातवारी बानियाँले ६ लाख ७ सय २३ रुपैयाँ बुझाएपछि लाइन पुन जोडिएको छ । यस्तै,  पशुपतिनाथ राइस एण्ड चिउरा मिलले १३ लाख रूपैयाँ बुझाएपछि लाइन जोडिएको छ । यसकाे १८ लाख ८६ हजार २ सय ६५ रूपैयाँ बाँकी थियाे ।  रिद्धिसिद्धी फनिर्चर उद्योग, बाल मैत्री शिक्षा केन्द्र, तिरुपती इटा उद्योगलगायतका ग्राहकले बाँकी महशुल बुभाएपछि लाइन पुन जोडिएको छ ।

महसुल बुझाउन पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने ग्राहकको लाइन काटि बक्यौता असुली सुरु गरिएको हो । दुई महिना भन्दा बढी समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली अभियानलाई तिव्र गतिमा अघि बढाइएको छ ।

केन्द्र अन्तर्गत विद्युत महसुल खपत बापत दुई अर्ब बढी रकम उठाउन बाँकि छ । जसमा डेडिकेटेड र ट्रकं लाईनबाट विद्युत सेवा लिने ठूला उद्योगको मात्रै झण्डै डेढ अर्ब रुपैयाँ महशुल उठ्न बाँकि छ ।

केन्द्रले विद्युत महसुल संकलन अभियानलाई तिव्र गतिमा अघि बढाएको छ । पहिलो चरणमा एक लाख रुपैयाँसम्म तिर्न बाँँकी हुनेको लाईन काटिनेछ,  दोस्रो चरणमा ५० हजारसम्मको लाइन काटि बक्यौता असुल गरिने केन्द्रले जनाएको छ ।

केन्द्रले गत आर्थिक वर्ष २०७७/७८ मा एक करोड २० लाख रुपैयाँ महसुल असुल गरेको थियो । केन्द्र अन्तर्गत प्राधिकरणको विद्युत उपयोग गर्ने ४४ हजार ग्राहक छन्  ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३