विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
इपान निर्वाचन २०८३

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ । यसै क्रममा काठमाडौँको ठमेलस्थित होटल एलोफ्टमा आयोजित एक विशेष कार्यक्रमबीच वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा कार्यसमिति प्यानल र उम्मेदवारहरूको पूर्ण नामावली सर्वसम्मत रूपमा टुंगो लगाउँदै घोषणा गरिएको छ ।

लामाले ऊर्जा क्षेत्रको दिगो विकास र संस्थागत सुदृढीकरणका लागि लामाले आफ्नो बलियो प्रतिबद्धता सहितको 'इपान भिजन २०२९' समेत सार्वजनिक गरेका छन् ।

यसैगरी, इपानको नयाँ नेतृत्वका लागि वर्तमान महासचिव बलराम खतिवडाले पनि आफ्नो भिन्दै अवधारणा र घोषणा सहित चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् ।

इपानको आगामी एक कार्यकाल वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष हुँदैछन् । आगामी कार्यकालदेखि अध्यक्ष बाहेकका अन्य पदमा संस्थाका सदस्यहरूले निर्वाध रूपमा उम्मेदवारी दिन सक्ने गरी विधान संशोधनको प्रस्ताव समेत स्वीकृत गरिएको छ, जुन आगामी साधारणसभाबाट पारित भएपछि लागु हुनेछ ।

लामाले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढीको योगदानलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । उनको भिजन यस्तो छ :

१. पीपीए सुधार: रोकिएको करिब १२,००० मेगावाटको पिपिए खुलाउने, 'टेक अर पे'को सुनिश्चितता गर्ने र पिपिए दरको पुनरावलोकन गर्ने ।

२ नीतिगत तथा कानुनी सुधार: नयाँ विद्युत विधेयकलाई निजी क्षेत्रमैत्री बनाउन पहल गर्ने, लाइसेन्सको अवधि ३५ वर्षबाट बढाएर ५० वर्ष पुर्‍याउने र वन तथा वातावरण प्रक्रियालाई 'एकद्वार प्रणाली' मार्फत १ वर्षभित्र सक्ने व्यवस्था गर्ने ।

३. लगानी तथा वित्तीय सुधार: ७% भन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा, संकटग्रस्त आयोजनाका लागि पुनरकर्जा र 'इनर्जी फन्ड'को स्थापना गर्ने ।

४. प्रसारण पूर्वाधार: सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडलमा निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माणको जिम्मा दिन पहल गर्ने ।

५. ऊर्जा खपत र निर्यात: "नेपालमा उत्पादन, दक्षिण एशियामा बिक्री" भन्ने अवधारणा अनुरूप भारत र बंगलादेशसँग दीर्घकालीन विद्युत व्यापार बढाउने ।

६. वन तथा वातावरण सरलीकरण: २०० मेगावाटसम्म आइइइ र सोभन्दा माथि मात्र इआइए गर्ने व्यवस्थाका लागि पहल गर्ने ।

७. इपानलाई नीति अनुसन्धान केन्द्र बनाउने: तथ्य र अनुसन्धानमा आधारित पैरवीका लागि 'इपान रिसर्च सेन्टर' स्थापना गर्ने र सातै प्रदेशमा संरचना विस्तार गर्ने ।

८. चुस्त व्यवस्थापन: सदस्य कम्पनीहरूको सहयोगमा इपान भवन निर्माण गर्ने र संस्था संचालनका लागि स्थायी आयको व्यवस्था गर्ने ।

९. सकारात्मक प्रतिष्ठा निर्माण: ऊर्जा क्षेत्रलाई पारदर्शी र जिम्मेवार बनाउन आचारसंहिता लागू गर्ने ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार लामा समूहमा उपाध्यक्षहरू उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, विक्रम विष्ट, नरेन्द्र वल्लभ पन्त रहेका छन् । महासचिव टिएन आचार्य, उपमहासचिव कविता पोखरेल तथा कोषाध्यक्ष शंकर बस्याल छन् ।

यसैगरी, सचिवहरू कुवेरमणि नेपाल, विजय मोहन भट्टराई, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमनकुमारी जोशी तथा सदस्यहरू अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम के.सी., प्रतिमा ज्ञवाली, वर्णन लामिछाने, नारायण खनाल, ज्योति गैरे, सोमनाथ कंडेल र सरीता शाक्य प्रधान सिफारिसमा परेका छन् ।

खतिवडाको घोषणा र एजेन्डा

इपान निर्वाचनकै सिलसिलामा अर्का उम्मेदवार बलराम खतिवडाले पनि ऊर्जा उद्यमीमाझ आफ्नो घोषणा र अवधारणा अघि सारेका छन् । उनको घोषणामा मुख्य गरी साना तथा मझौला जलविद्युत प्रवर्द्धकको हकहितको संरक्षण, बैंक तथा वित्तीय संस्थासँगको समन्वय र नीतिगत झन्झटको अन्त्यलाई जोड दिइएको छ ।

घोषित प्यानलअनुसार खतिवडा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका छन् । उपाध्यक्षमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खेरेल, दीपक पौड्याल तथा महिला उपाध्यक्षमा सिर्जना खड्कालाई अघि सारिएको छ ।

त्यस्तै, महासचिवमा प्रकाशचन्द्र दुलाल तथा सचिवहरूमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र ईशा श्रेष्ठको नाम सिफारिस गरिएको छ । कोषाध्यक्षमा मिथुन पौडेललाई उम्मेदवार बनाइएको छ ।

सदस्यहरूमा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सि.ए. नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओलीलाई समेटिएको छ ।

उक्त टोलीले निजी जलविद्युत् तथा ऊर्जा क्षेत्रको संस्थागत सुदृढीकरण, लगानी प्रवर्द्धन र क्षेत्रको साझा हितलाई प्राथमिकतामा राख्दै आगामी कार्यकालका लागि नेतृत्व गर्ने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको जनाएको छ ।

खतिवडाका प्राथमिकताहरू

•    जलविद्युत् आयोजना निर्माणका क्रममा स्थानीय स्तरमा देखिने विवाद र सुरक्षा चुनौतीको दीर्घकालीन समाधान ।

•    सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई थप पारदर्शी र परिणाममुखी बनाउन पैरवी ।

•    ऊर्जा क्षेत्रमा स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति र रुग्ण आयोजनाको पुनरुत्थानका लागि विशेष प्याकेजको माग।

रोचक के छ भने सचिवका उम्मेद्वार इशा श्रेष्ठलाई लामा र खतिवडा दुवै प्यानलले समेटेका छन् । यस्तै, सदस्यमा सिफारिस सोमनाथ कँडेल र ज्योति गैरे पनि दुवै प्यानलमा परेका छन् ।

लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले राखेको महत्त्वाकांक्षी ऊर्जा लक्ष्य प्राप्त गर्न इपानमा 'अनुभव' र 'आँट' भएको नेतृत्व आवश्यक रहेको बताएका छन् । खतिवडाका पनि यी भन्दा भिन्न अवधारणा देखिएका छैनन् ।

दुवै पक्षको आ-आफ्नै रणनीति र एजेन्डाका कारण यस पटकको इपान निर्वाचन ऊर्जा वृत्तमा निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३