विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले ‘शम्भु प्रसाद पौड्याल छात्रावृत्ति’ सुरु गरेको छ । बैकले पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यसै वर्षबाट बैंकका कर्मचारी परिवारको लागि सो छात्रवृत्ति सुरु गरेको हो । 

कर्मचारीको हित र विकासका निम्ती लागि पर्दै आएको स्व. पौड्यालले लामो समय देखि संचालन समितिमा योगदान गर्दै आएका थिए । छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष बैंकका सम्पूर्ण कर्मचारीले राष्ट्रिय परिक्षाबोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानका नाम मनोनयन गर्नेछ । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको हो । 

मनोनित कर्मचारी परिवारका सन्तानबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिलालाई पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । प्रत्येक विजेता कर्मचारीका सन्तानलाई ५० हजार पुरस्कार प्रदान गरिनेछ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि कर्मचारी उदय राज खनालकी छोरी उनिका खनाल, कर्मचारी सन्देश राज भट्टराईका छोरा दिपसन भट्टराई, र कर्मचारी मुरारी प्रसाद अर्यालका छोरी मुकुल अर्याललाई माथि उल्लेखित आधारमा छात्रवृत्ति प्रदान गरेको छ ।

प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, कर्मचारीहरु र पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका छन् ।

अध्यक्ष पौड्यालले स्व. शम्भुप्रसाद पौड्यालले बैंकलाई पुर्याएको लामो योगदानको उच्च प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit