विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले साढे ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा सो नाफा कमाएको हो । 

कम्पनीले साउनदेखि चैतसम्मको अवधिमा ३ करोड ५५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको तुलनामा कम्पनीको नाफा बढेको देखिएको छ । गत वर्ष २ करोड ८६ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थयो । 

कम्पनीले यो अवधिमा ३.५२ मेगवाट चनरावती खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ८ करोड १९ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही समयअवधिमा ७ करोड ५६ लाख ८९ हजार रुपैयाँ आम्दानी गरेके थियो । 

कम्पनीको दोलखामा निर्माण सम्पन्न गरेको आयोजनाले २०७० जेठ २४ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit