काठमाडौँ । नेपाल आयाल निगमले शुक्रबारदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य वृद्धि गरेको हो ।
पछिल्लो मूल्यवृद्धि अनुसार तेस्रो वर्गमा पर्ने उपभोक्ताका लागि पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ । यो वर्गका लागि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ पर्ने भएको छ भने एलपी ग्यासको प्रतिसिलिन्डर २ हजार १० रुपैयाँ पुगेको छ । त्यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गरी २५७ रुपैयाँ पुर्याएको छ ।
मूल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक ७ अर्ब ८१ रुपैयाँ घाटा रहेको भन्दै निगमले प्रयोगमा मितव्ययीता अपनाउन आग्रह गरेको छ ।