विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ फाल्गुण २७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका सञ्चालकहरूले शान्ति सुरक्षाको माग गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयमा निवेदन दिएका छन् । सञ्चालक समितिमा आफूहरूको जिउज्यानको सुरक्षा नभएको भन्दै उनीहरूले दुई मन्त्रालयमा आइतबार निवेदन दिएको मन्त्रालय स्रोतले बताएको छ ।

कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरूमाथि गलीगलौज र दुर्व्यवहार गर्दै भौतिक हमलामै उत्रिएकोले आफूहरू असुरक्षित रहेको ती सञ्चालकहरूको भनाइ छ । 

अपर तामाकोसी हाइड्रो पावर लिमिटेडको कार्यालय भवन ज्ञानेश्वरमा माघ २३ बुधबार साँझ ५ः३० बजेबाट सुरु भएको सञ्चालक समितिको बैठकमा अध्यक्ष घिसिङ पहिला गाली–गलौजमा उत्रिएको र पछि आफ्नो अगाडि टेबुलमा रहेको सिसाको गिलास नै उठाएर सञ्चालकहरूलाई प्रहार गर्न खोज्दा गिलास चिप्लिएर बचेको उनीहरूको भनाइ छ । त्यसपछि घिसिङलाई उनैले नियुक्त गरेर ल्याएका प्राधिकरणका दुई सञ्चालकले हातमा समातेर बाहिर निकालेकाे उनीहरूले बताएका छन् ।

बैठक बोलाएर सञ्चालकलाई आधा घण्टादेखि डेढघण्टासम्म कुराउने गरेको, विधि र प्रक्रिया मिचेर स्वेच्छाचारिता देखाएकाे, आर्थिक पारदर्शीता नअपनाएकाे जस्ता विषय सञ्चालकहरूले उठान गरेपछि अध्यक्ष घिसिङ एक्कासी आक्रोसित भई दुर्व्यवहार र आक्रमणमा उत्रिएको उनीहरूको भनाइ छ । 

सञ्चालकहरूका अनुसार सदा ढिलो गरी बैठकमा पुग्ने घिसिङ बुधबार आधा घण्टाअघि नै पुगेका थिए । कम्पनीमा सञ्चालक रहेका रामजी भण्डारी र लोकहरि लुइँटेलले प्राधिकरणबाट अवकाश पाएपछि घिसिङले नेपाल विद्युत् प्राधिकरणको ११औँ तहका निमित्त उपप्रबन्ध निर्देशक मोतिलाल महतरा र ११औँ तहकै निमित्त उपप्रबन्ध निर्देशक राजनऋषि कँडेललाई सञ्चालक बनाएर बैठकमा लगेका थिए । 

नयाँ सञ्चालक नियुक्तिका लागि प्राधिकरणले कम्पनीमा नामसहित लिखित पत्र पठाउने, सञ्चालक समितिले अनुमोदन गरी नियुक्त गर्ने, कम्पनीमा स्वागत गर्ने, जिम्मेवारी हस्तान्तरण र ग्रहण गर्ने जस्ता विधिसम्मत कुनै प्रक्रिया पूरा नगरी सिधै कम्पनीको निर्णायक बैठकमा सञ्चालहरूलाई सामेल गराइएकाेप्रति असहमति जनाउँदै बुधबारको बैठकमा सञ्चालकहरूले विषय उठान गरेका थिए । यसअघि पनि घिसिङले विधि प्रक्रिया मिचेर निर्णय गर्न खोजेको भन्दै सञ्चालकहरूले बैठक बहिष्कार गर्दा माघ ८ गते बोलाइएको बैठक बस्न सकेकाे थिएन ।  

बुधबार पनि सञ्चालकहरूले विधि र प्रक्रियाको कुरा गरेपछि घिसिङ आक्रोशित बनेको उनीहरूको भनाइ छ । ‘सञ्चालक समितिको बैठकमा विधि र प्रक्रियाको विषय उठान गर्दा सञ्चालकमाथि नै अध्यक्षले आक्रमण गर्छन् भने कसरी काम गर्न सकिन्छ,’ एक सञ्चालकले भने, ‘शान्ति सुरक्षाको प्रत्याभूति नहुँदासम्म अध्यक्षकै कारण समितिको बैठक बस्ने, निर्णय गर्नेलगायतका कार्य सम्पादन असहज हुने देखिएपछि शान्ति–सुरक्षाको माग गरेका हौँ ।' 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३