विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । कालीगण्डकी नदीमा असोज ११ गते आएको बाढीले क्षति पुर्‍याएको राहुघाट जलविद्युत् केन्द्रको मर्मतसम्भारपछि विद्युत् उत्पादन सुचारु भएको छ । बाढी आएको ११औँ दिनमै मर्मत सकेर उत्पादन सुचारु गरिएको हो ।

बाढीले  विद्युत्‌गृहमा डुबान हुनुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी केन्द्रको एउटा युनिट (२० मेगावाट)  बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।

विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । त्यसपछि टेलरेसबाट विद्युत्‌गृहभित्र पानी प्रवेश गरी डुबान भएको थियो । यसले गर्दा हालै निर्माण पूरा गरी परीक्षण उत्पादन सुरु गरेको केन्द्र बन्द गर्नुपरेको थियो ।

विद्युत्‌गृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको आयोजनाको प्रवर्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए । ‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ,’ उनले भने, ‘अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । 

केन्द्रमा २०/२० मेगावाटका दुईवटा उत्पादन युनिट रहेका छन् । उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३