images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बिहीबार (जेठ १८ गते) दीर्घकालीन विद्युत व्यापार गर्न दुई देशबीच सम्झौता भएको हो ।

दाहालको भारत भ्रमणको क्रममा दुईपक्षीय भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले १० हजार मेगावाट विद्युत खरिद गरिने उल्लेख गरे । नेपालसँग भएको व्यापार सम्झौताले सो लक्ष्य हासिल गर्न सघाउने उनको भनाइ छ ।

यसैबिच, ६६९ मेगावाटकाे तल्लाे अरुण आंशिक जलाशय जलविद्युत आयाेजना विकास गर्ने गरी भारतीय कम्पनी सतलज विद्युत निगमसँग आयाेजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएकाे छ । सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको ४२६ मेगावाटको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ । यो आयोजनाको लागत करिब ६१ अर्ब ८६ करोड रूपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit