विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जनेजीको आन्दोलनमा सरकारले गरेको निर्मम तथा बर्बर दमनको भर्त्सना गरेको छ । इपानले मंगलबार बिहान विज्ञप्ति जारी गरी १९ जना किशोर किशोरीको ज्यान जानुका साथै सयौँलाई घाइते बनाउने गरी सरकारले गरेको गोली प्रहार, कुटपिट तथा धरपकडको विरोध गरेको हो । 

देशलाई समृद्ध पार्ने ऊर्जा लगायतका क्षेत्रमा समेत सरकारले एकपछि अर्को गर्दै प्रहार गर्दा युवापुस्तामा चरम निराशा देखिएको र शान्तिपूर्ण सडक आन्दोलनमा उत्रिएको बखत सरकारले गरेको यस किसिमको दमन खेदजनक रहेको इपानले जनाएको छ । 

‘राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल २०६२/६३ मा १९ दिनसम्म चलेको जनआन्दोलनमा १९ जनाको ज्यान गएपछि राजाले लोकतन्त्र फिर्ता गरेको स्मरण गराउँदै लोकतान्त्रिक सरकारले जेनजी पुस्ताको आन्दोलनमा एकै दिन १९ जनाको ज्यान जानेगरी धरपकड गर्नु निकै खेदजनक रहेकोले प्रहरीबाट निर्ममतापूर्वक भएको यो हदसम्मको घातक बल प्रयोगको इपान कडा शब्दमा निन्दा गर्दछ,’ इपानले भनेको छ, ‘भ्रष्टाचार अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र सुशासनका लागि शान्तिपूर्ण प्रदर्शन गर्न गएको किशोर किशोरीहरूको समूहलाई राज्यबाट हदैसम्मको दमन गरी राज्यले नै संविधानको उलङ्घन गरेको हाम्रो ठहर छ । किशोर किशोरीबाट कुनै गैरकानुनी कार्य हुन लाग्दा नियन्त्रणमा लिने अरू उपाय हुँदाहुँदै सिधै गोली हान्ने आदेश दिनु नै खेदजनक छ ।’

सरकारका मन्त्रीहरूले राजीनामा दिँदैमा जिम्मेवारीबाट अलग हुन नसक्ने जनाएको छ । ‘सरकारले गरेको दमनपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नु एउटा पाटो हो तर यतिले मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको सत्यतथ्य छानबिन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३