विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुन्दर यातायात टेडर्सले डेढ महिनाभित्र २० वटा विद्युतीय बस ल्याउने भएको छ । कम्पनीले देशको विद्युत खपत बढाई बढ्दो वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य राखी यसो गर्न लागेको हो ।

बिहीबार सम्पन्न तेस्रो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममार्फत डेढ महिना भित्रमा सबै बस ल्याइसक्ने टेडर्सका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार २० बसमध्ये १४ वटा काठमाडौं उपत्यकामा सञ्चालन गरिनेछ । बाँकी ६ वटा रुपन्देही जिल्लामा सञ्चालन गरिनेछ ।

नयाँ सवारीहरु ४० र ३६ सिट क्षमताका हुनेछन् । साथै, आगामी ६ महिनाभित्र एक सय वटा विद्युतीय बस देशभर सञ्चालन गरिने पनि थापाले बताए ।

हाल चक्रपथमा मात्र चलिरहेको बस अब भने उपत्यका भर फैलाइने उनको भनाई छ । ‘हामी नाफामा भने जान सकेका छैनौ, तर अब अवस्था सामान्य हुने अपेक्षासहित नयाँ बस थप्ने तयारी गरेका हौं,’ उनले भने ।

कोभिड महामारीका कारण लामो समय गरिएको निषेधाज्ञाले कम्पनील निकै ठूलो चुनौती सामना गर्नु परेको थापाले बताए । त्यस्तै, सुन्दर यातायातले रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा विद्युतीय बस उत्पादन गर्न एसेम्बल प्लान्ट निमार्ण थालेको छ ।

कम्पनीले यसअघि ७ वटा विद्युतीय बस र ४ वटा हाइस ल्याएर सञ्चालन गरिरहेको छ । ४ वटा बस चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ । हाइस २ वटा बौद्धदेखि रत्नपार्क रुटमा र २ वटा चक्रपथमा सञ्चालन गर्न परीक्षण भइरहेको छ ।

सुन्दर यातायातले विद्युतीय सवारी चार्ज गर्न विभिन्न स्थानमा आफै चार्जिङ स्टेसन राखेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा विद्युतीय सवारीमा अन्तःशुल्क खारेज र कर छुट गरेपछि यातायात व्यवसायी आकर्षित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit