विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसियन अफ नेपालले मंगलबार (भदौ २६ गते) देखि ‘नाडा अटो शो २०२३’ सुरु गरेको छ । २०७६ को अन्त्यबाट फैलिएको कोभिड–१९ महामारीका कारण झण्डै या ४ वर्षसम्म अघि बढ्न नसकेको उक्त प्रदर्शनी हिजोदेखि सुरु भएको हो ।

शोमा सानाठूला गरी विभिन्न सवारी साधन उत्पादक कम्पनी, आयातकर्ता, बैंक तथा अन्य क्षेत्रका गरी कूल १२० भन्दा बढी स्टलहरू छन् । बैंक तथा वित्तिय संस्थाहरूले पनि अटो शोमा गाडी बुकिङ गर्ने उपभोक्ताका लागि फाइनान्सिङ सेवा दिन स्टल राखेका छन् ।

विभिन्न बैंकहरूले गाडी बुकिङ गर्ने उपभोक्ताका लागि आ–आफ्ना अफरका प्याकेजसहित स्टल राखेका छन् । याे शाे भदाै ३१ गतेसम्म चल्नेछ ।

नबिल बैंक

नबिल बैंकले विद्युतीय गाडी खरिदमा ५ र ७ वर्षका लागि स्थिर ब्याजदरको कर्जा सुविधाको अफर ल्याएको छ । ५ वर्षका लागि १०.४९ प्रतिशत र ७ वर्षका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा इलेक्ट्रिक सवारीको फाइनान्सिङ सुविधा दिइने बैंकले जनाएको छ । त्यस्तै, डिजेल पेट्रोल तथा आईसी इन्जिनका लागि ५० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङ सुविधा रहेको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले इलेक्ट्रिकका निजी र व्यवसायीक गाडीका लागि विशेष अफर ल्याएको छ । बैंकले निजी प्रयोगका लागि गाडीको खरिदमा १०.४९ प्रतिशत ब्याजदरमा र ०.५० प्रतिशत सेवा शुल्क सुविधा दिइरहेको छ । त्यस्तै, फ्यूल इन्जिन सवारीमा १०.९९ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत सेवा शुल्क सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकका अनुसार व्यवसायीक विद्युतीय सवारी गाडीमा ११.४९ प्रतिशत ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा कर्जा सुविधा उपलब्ध गराएको जनाएको छ । फ्यूल इन्जिन कमर्सियल भेहिकलमा १२.४९ प्रतिशत ब्याजदरमा ०.७५ प्रतिशत सेवा शुल्क लिएर कर्जा सुविधा दिइने बैंकले जनाएको छ ।

यस्तै, नाडा अटो शो अवधिभरीका लागि १०.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा ०.५० प्रतिशत सेवा शुल्कमा समेत फाइनान्सिङ सुविधा रहेको बैंकले जनाएको छ । परिवर्तनीय ब्याजदरमा १.५ प्रतिशत प्रिमीयम थप गरी ०.५० प्रतिशत सेवा शुल्कमै पनि कर्जा सुविधा दिइएको बैंकको जनाएको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले विद्युतीय सवारीका लागि सस्तो ब्याजदरमा फाइनान्सिङ सुविधा दिने जनाएको छ । विद्युतीय सवारी किन्नेका लागि बैंकले आधार दर (बेस रेट) मा १ प्रतिशत प्रिमीयम जोडेर कर्जा दिने जनाएको छ । त्यस्तै, डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि आधार दरमा १.५ प्रतिशत प्रिमीयम थप गरेर कर्जा दिइने बैंकले जनाएको छ । यस्तै, इलेक्ट्रिक र डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि १२.५ प्रतिशतमा ५ वर्षका लागि फिक्स्ड रेटमा पनि फाइनान्सिङ सुविधा उपलब्ध छ । शो अवधिभरका लागि बैंकले सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिनेछ ।

प्रभु बैंक

प्रभु बैंकले विद्युतीय गाडीलाई ‘फोकस’ गरेर आधार दरमा जम्मा १ प्रतिशत प्रिमीयममा कर्जा सुविधा उपलब्ध गराइएको जनाएको छ । बैकले आधार दरमा २ प्रतिशत प्रिमीयम लिँदै आएको थियो । यो दर ५ वर्षका लागि कायम रहने जनाइएको छ । सँगै, शो भिजिट गरेको वा अटो शोमार्फत गाडी बुकिङ गरेर एक महिनाभित्र बैंकमा फाइनान्सिङ सुविधाका लागि जाँदा पनि यो सुविधा पाइने बैंकले जनाएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले इलेक्ट्रिक र नन् इलेक्ट्रिक दुबै गाडीका लागि ११.९९ प्रतिशतमा फाइनान्सिङ सुविधा दिने भएको छ । नोभेम्बर १३ सम्म यो सुविधा उपभोग गरेर फाइनान्सिङ सुविधा पाउन सकिने बैंकले जनाएको छ । बैंकले इलेक्ट्रिक र नन् इलेक्ट्रिक दुबै खालको गाडीको खरिदमा ८ वर्ष सम्मको कर्जा अवधि हुने गरी फाइनान्सिङ गरिने जनाएको छ ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले पनि इलेक्ट्रिक र डिजेल पेट्रोल इन्जिन भएका गाडीका लागि ३ वर्षको कर्जा सुविधा दिने भएको छ । १२.९९ प्रतिशत ब्याजदरमा ३ वर्षका लागि इलेक्ट्रिक र डिजेल पेट्रोल इन्जिन भएका निजी गाडी खरिदमा कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले इलेक्ट्रिक सवारी खरिदमा ११.९५ प्रतिशत वार्षिक ब्याजदरमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा दिने जनाएको छ । साथै, नाडा अटो शो अवधिभरीका लागि आधार दरमा जम्मा ०.१४ प्रतिशत प्रिमीयममै कर्जा सुविधा रहेको बैंकले जनाएको छ । यसका लागि प्रशासनिक शुल्क पनि अटो शो अवधिभरीका लागि ०.७५ प्रतिशत मात्रै लिइने बैंकले जनाएको छ । यो सुविधा इलेक्ट्रिक गाडीको खरिदमा मात्रै लागू हुने बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले इलेक्ट्रिक र फ्यूल इन्जिन दुबै गाडीमा ७ वर्षका लागि १०.९९ प्रतिशत ब्याजदरमा स्थिर ब्याजमा कर्जा सुविधा दिने प्याकेज ल्याएको छ । यसका लागि नाडा अटो शोमा गाडी बुकिङ गर्नुपर्नेछ । साथै, कर्जा सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लिइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit