विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण ढल्केबर महाशाखा अन्तर्गतका सबस्टेसनहरूमा पावर ट्रान्सफार्मरको स्तरोन्नति तथा नयाँ ट्रान्सफार्मर जडान गरी विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाइएको छ । लहान सबस्टेसनमा रहेको ३० एमभीए, १३२/३३ केभी ट्रान्सफार्मरलाई गत असार ९ गते स्तरोन्नति गरी ६३ एमभिएमा स्तरोन्नति गरिएको छ ।

महाशाखाका अनुसार सोही सबस्टेसनका दुई थान १६.६ एमभिए, ३३/११ केभी ट्रान्सफार्मरहरूलाई स्तरोन्नति गरी २४/२४ एमभीएको बनाइएको छ । यी दुईमध्ये पहिलो ट्रान्सफार्मर जेठ ६ गते र दोस्रो साउन २० गते सफलतापूर्वक स्तरोन्नति गरिएको हो ।

यसैगरी, चन्द्रनिगाहपुर सबस्टेसनमा पनि विद्युत् सेवा विस्तार एवं सुदृढीकरणका लागि साउन २२ गते १६.६ एमभिए, ३३/११ केभीको एक थान नयाँ ट्रान्सफार्मर थप जडान गरिएको छ ।

सबस्टेसनहरूमा गरिएका यी महत्त्वपूर्ण स्तरोन्नति र क्षमता अभिवृद्धिका कार्यहरूबाट लहान र चन्द्रनिगाहपुर क्षेत्रको विद्युत् वितरण प्रणाली अझ बढी गुणस्तरीय, पर्याप्त र भरपर्दो हुने अपेक्षा गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३