विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) रातमाटे सबस्टेसन, नयाँ दमौली सबस्टेसन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत नुवाकोटको रातमाटे सबस्टेसन निर्माणस्थलमा आयोजना गरिएको एक समारोहका बिच बुधबार उक्त निर्माण कार्यको शिलान्यास गरिएको हो ।

शिलान्यास गरिएको प्रसारण लाइन सञ्जालअन्तर्गत लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड रहेका छन् ।

संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा उक्त अन्तर्राष्ट्रिय स्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण थालनी गरिएको हो । यही लगानीबाट महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य समेत एमसिए नेपालले गरिरहेको छ । 

एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजना अन्तर्गत तीन वटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ । यस पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रिडलाई सुदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । आयोजनाको निर्माणपछि घरायसी तथा व्यावसायिक उपभोक्तामा विद्युत् आपूर्तिको गुणस्तर सुधार हुने र क्षेत्रीय विद्युत् बजारमा विद्युत् व्यापारका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले नेपाल सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्त्वपूर्ण लगानीका रूपमा आत्मसात् गरेको बताए । उनले भने, ‘ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्द्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ ।’

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यस कम्प्याक्टअन्तर्गतका आयोजनाले नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण गर्ने बताए । ‘भरपर्दो बिजुली देशका कुना कुनाका साथै सीमापारसमेत प्रवाहित हुनेछ,’ उनले भने, ‘घरपरिवारका लागि यसको अर्थ निरन्तर बल्ने बिजुली हुनेछ भने कारखाना तथा कृषिका लागि यसको अर्थ उत्पादन अभिवृद्धिका लागि ऊर्जाको अनवरत उपलब्धता हुनेछ ।’

एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले यस लगानीले घरायसी,  व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि भरपर्दो बिजुली आपूर्ति गर्न आवश्यक प्रसारण प्रणालीलाई सुदृढ बनाएर नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भाव्यता उपयोग गर्न मद्दत गर्ने बताए ।  

नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण भइरहेका पूर्वाधार कुनै छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण सञ्जालकै महत्त्वपूर्ण विस्तार भएको स्पष्ट पारे ।  

एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्टले नेपालको ऊर्जा पूर्वाधार विकासका सन्दर्भमा यो आयोजना एउटा कोशेढुङ्गाका रूपमा स्थापित भएको बताए । 

‘निर्माणाधीन सशक्त, भरपर्दो र नवीन विद्युत् प्रसारण सञ्जालले नेपालीलाई लामो समयसम्म लाभान्वित गर्नेछ,’ उनले भने, ‘नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा एक प्रमुख पक्षका रूपमा स्थापित गर्नेछ ।’

उक्त सबस्टेसनहरू तथा प्रसारण लाइन निर्माण कार्यमा ४ निर्माण कम्पनी संलग्न रहेका छन् । टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण गर्दैछ भने आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, र एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किमि लामो रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले ९० किमि लामो न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्दैछन् । 

निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेसन र न्यू दमौली सबस्टेसन नेपालका सबैभन्दा ठुला उच्च–भोल्टेज सबस्टेसन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३