विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
रसुवामा बाढीको विपत्

काठमाडौँ । रसुवामा पर्ने ल्हेन्दे खोला, भोटेकोसी हुँदै त्रिशूली नदीमा मंगलबार (असार २४ गते) बिहान आएको भीषण बाढीले ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको बाँध संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीले बाँधमा रहेका ३ वटा गेट मध्ये एउटा गेट भत्काएको छ भने ढुंगा, मुढा र लेदोले बाँधका अधिकांश संरचना पुरेको छ ।

हाल बाढीले बगाएर सतहमा थुपारेका मुढा र फोहरहरू हटाएर सफा गर्ने काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणको ठूला उत्पादन सञ्चालन तथा संभार विभागका निर्देशक रामकुमार यादवले ऊर्जा खबरसँग बताए । ‘नदीमा अझै लेदोसहितको पानी बगिरहेको छ,’ उनले भने, ‘पहिलो चरणमा बाढीले थुपारेका मुढा र फोहर सफा गर्ने काम सुरु गरेका छौँ ।’

निर्देशक यादवका अनुसार बाढी छिरेर गेट बन्द गर्न र उघार्न प्रयोग गरिने हाइड्रोलिकमा समेत समस्या आएको अनुमान गरिएको छ । यद्यपि, केन्द्रका विद्युत्गृह, मुख्य सुरुङ लगायत अन्य संरचनामा भने कुनै क्षति भएको छैन ।

बाँध संरचनामा थुप्रिएको ढुंगा, लेदो माटो, मुढालगायत फोहर सफा गरेर हेरेपछि मात्रै कति क्षति भएको छ भन्ने यकीन गर्न सकिने उनको भनाइ छ । बाँधमा थुप्रिएको लेदोसहितको फोहर सफा गरी क्षति पुगेका संरचना मर्मत गरेर विद्युत् उत्पादन सुचारु गर्न कम्तिमा १५ दिन लाग्ने अनुमान गरिएको छ । बाढीले फुटाएको एउटा गेटको मर्मतका लागि भने अझ बढी समय लाग्न सक्ने उनले बताए ।

‘फोहर सफा गरेर सकेसम्म कुन उपायबाट जलविद्युत् केन्द्र चाँडो सञ्चालनमा ल्याउन सकिन्छ, त्यही विधिबाट हामी अघि बढ्छौँ,’ उनले भने, ‘बाढीबाट कति मूल्य बराबरको क्षति भयो भन्ने विषय प्राविधिक अध्ययनपछि मात्र थाहा हुने छ ।’ केन्द्रको स्थलगत अध्ययनका लागि प्राधिकरणको उच्चस्तरीय टोली  जाने तयारी भइरहेको उनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले रसुवामा निर्माण गरी सञ्चालन गर्दै आएको यो नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् केन्द्रले २०७६ साल भदौ १३ गतेदेखि विद्युत् उत्पादन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३