विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्यामु गाउँपालिकाको वडा नम्बर २ मा निर्माणाधीन लुजा खोला जलविद्युत आयोजनाका लागि आयोजना प्रबन्धक (प्रोजेक्ट म्यानेजर) माग गरिएको छ । प्रवर्द्धक सिल्क पावर प्रालिले २४.८८ मेगावाटकाे आयोजनाका लागि आयोजना प्रबन्धकका लागि आवेदन माग गरेको हो ।

निर्माणाधीन आयोजनाका लागि एक जना प्राजेक्ट म्यानेजर माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सिभिल इन्जिनियरीङमा स्नाकोत्तर पूरा गरी जलविद्युत परियोजनाको निर्माण र व्यवस्थापनमा ४ वर्षको अनुभव भएकोले आवेदन दिन सक्नेछन् ।

साथै, सिभिल इन्जिनियरिङमा स्नातक पूरा गरी जलविद्युत परियोजनाको निर्माण/व्यवस्थापनमा ६ वर्षको अनुभव भएकोले पनि आवेदन दिन सक्नेछन् । यसैगरी, निर्माण सुरुदेखि सम्पन्न भएको जलविद्युत आयोजनामा परियोजना प्रखुम/सह–प्रमुख सरहको पदको कार्यानुभव भएको हनुपर्नेछ ।

योग्यता पुगेका इच्छुकले ७ दिनभित्र नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिवि, बायोडाटा, निवेदन र अन्य आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

कम्पनीले यो आयोजनाको अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाएको छ । आयोजनाको भौतिक संरचनाहरू खुम्बु पासाङ ल्यामु गाउँपालिकाको वडा नम्बर २ मा रहनेछ । आयोजनाको बाँध समुन्द्र सतहबाट ३२०३ मिटर उचाँइमा रहनेछ । आयोजनाको  बाँधबाट २.४ किलोमिटर लामो हेडरेस सुरुङ र १.६४ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा ८.७ मेगावाटको ३ वटा टवाईनमा जडान भएको जेनेटेरमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक १६७.३१० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत ३५ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको तिङला सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit