विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । रसुवा २१६ मेगावाटको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजनामा खटाउन गरी इन्जिनियर माग गरिएकाे छ । जोइन्ट भेन्चर अफ ट्राय्कटेवल इन्जिनियरीङ जीएमबीएच एण्ड जेड कन्सल्ट प्रालिले तिव्र गतिमा अघि बढेकाे आयोजनामा खटाउने गरी ३ इन्जिनियरका लागि आवेदन खुल्ला गरेकाे हाे ।

निर्माणाधीन आयोजनामा खटाउने गरी १ जना प्रखुम निवासी इन्जिनियर, १ जना प्रमुख डिजाइन इन्जिनियर र १ जना निवासी हेड इन्जिनियर अथवा भूवैज्ञानिक गरी जम्मा ३ इन्जिनियर माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रमुख निवासी इन्जिनियरको लागि सिभिल इन्जिनियरिङ विषयमा स्नाकोत्तर तह उतिर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि २५ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । 

यसैगरी, प्रखुम डिजाइन इन्जिनियरको लागि सम्बन्धीत विषयमा स्नात्तक तह उत्तीर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि १५ वर्ष काम गरेको अनुभव हुनुपर्ने र डिजाइन इन्जिनियरमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाएको छ ।

रेसिडेन्ट हेड इन्जिनियरको र भुवैज्ञानिकका लागि सिभिल इन्जिनियरिङ विषयमा स्नात्तक तह उतिर्ण गरी हाइड्रो पावर क्षेत्रमा कम्तीमा पनि २० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । इच्छुक योग्य व्यक्तिले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, नेपाल विद्युत प्राधिकरणकाे सहायक तनहुँ हाइड्रो पावर कम्पनीले पनि एक जना वातावरण विदका लागि आवेदन खुलाएकाे छ । कम्पनीले निर्माणाधीन १४० मेगावाटकाे जलविद्युत आयाेजनामा खटाउने गरी वातावरण विद्का लागि आवेदन खुल्ला गरेकाे हाे । यसका लागि आगामी ७ दिनभित्र आवेदन बुझाउनुपर्नेछ । 

आवेदकले आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताकोे प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ। आवेदमध्ये प्रमाणपत्र र सम्बन्धीत क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगरीको अवसर पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit