विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । यही शुक्रबार हुन गइरहेको नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) ३३औँ कार्यकारिणी समिति निर्वाचनको चुनावी माहोल तातिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार सुवासचन्द्र बरालले इन्जिनियरहरूलाई राष्ट्र निर्माणमा लगाएर प्रशासनिक कर्मचारीसरह अवसर दिने विषयलाई एनईएले सकारात्मक ढङ्गले अगाडि बढ्ने बताएका छन् । चुनाव प्रचारप्रसारको अन्तिम दिन बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

झण्डै १८ हजार इन्जिनियर तथा आर्किटेक्टले सातै प्रदेशमा मतदान गरेर नेता छान्ने दौडमा उम्मेदवारहरू अहिले भेटघाटमा व्यस्त छन् । बराल नेपाल लोकतान्त्रिक पक्षधर इन्जिनियरहरूको संस्था (सिडिइएन) का तर्फबाट आधिकारिक उम्मेदवार बनेका छन् । उनले व्यावसायिक क्षेत्रका अन्य मतदाताको समेत मन जित्न सफल भएको दाबी गरिएको छ ।

ठूलो संगठन र व्यावसायिक क्षेत्रबाट समेत साथ पाएकाले जितप्रति आफू आशावादी रहेको उनले बताए ।  'मेरो लामो अनुभव र विगतको कामलाई मतदाताले सकारात्मक लिनुभएको छ,' उनले भने, इन्जिनियरहरूलाई राष्ट्र निर्माणमा लगाउने अनि प्रशासनिक कर्मचारीसरह अवसर दिने एजेण्डामा पनि सकारात्मक समर्थन मिलेको छ ।'

गैरआवासीय नेपालीहरूसँग मिलेर इन्जिनियरहरूको सहभागीतामा विभिन्न मध्यम खालका जलविद्युत आयोजना निर्माणमा सक्रिय बराल आफू नेतृत्वमा आएमा इन्जिनियरहरूलाई उद्यमी बनाउन अभियानै सञ्चालन गर्ने पनि बताए । दुई वर्ष संस्थालाई पूर्ण समय दिएर काम गर्ने बताएका उनले विगतमा भूकम्प पुननिर्माण तथा अन्य संस्थागत जिम्मेवारीमा पाएको सफलतालाई पनि मतदाताले विश्वासका रुपमा लिएको उनको भनाइ छ ।

बुधबारसम्म अन्तिम प्रचार चलिरहँदा बराल आफू मात्र नभएर समूह नै विजयी हुने विश्वासका यससम्बन्धी गतिविधिमा होमिएका छन् । अर्को समूहले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३