विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुनसरीमा निर्माणाधीन २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको निर्माण २ महिना धकेलिएको छ । पुस महिनाभित्र सञ्चालनमा ल्याउने भनिएको सबस्टेसन पूरा भइनसकेकाले निर्माण लम्बिन पुगेको हो ।

सबस्टेसनको सबै काम सम्पन्न हुन समय लाग्ने देखिएकाले यो महिनाभित्र सञ्चालनमा ल्याउन नसकिने  अवस्था आएको आयोजना प्रमुख श्याम यादवले बताए । उनले अब सबस्टेसन सञ्चालनमा आउन फागुनसम्मको समय लाग्ने बताए ।

‘हाम्रो लक्ष्य यही महिनाभित्र सञ्चालन ल्याउने गरी काम सम्पन्न गर्ने भन्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘गत बर्खामा आएको बाढीले सबस्टेसन डुबानमा पर्यो । केही उपकरणहरू पनि बाढीमा बगे । यही कारण तोकिएको तालिकाअनुसार काम हुन पाएन र सञ्चालनमा ल्याउन केही ढिलो हुने अवस्था आयो ।’

अहिलेसम्ममा सबस्टेसनको ९० प्रतिशत निर्माण पूरा भएको छ । उनका अनुसार सबस्टेसनमा उपकरण जडानको काम पूरा भइसकेको छ ।
सबस्टेसनलाई स्वचालित प्रणालीबाट सञ्चालन गर्ने प्रविधिको काम भइरहेको उनले जानकारी दिए । बाँकी काम सम्पन्न गरेर सबस्टेसनको आन्तरिक परीक्षण गरेपछि सञ्चालनको तयारी गरिने उनले बताए ।

पहिले नै सम्पन्न भइसक्नु पर्ने सबस्टेसनको निर्माण कोरोना (कोभिड–१९) महामारीका कारण पनि प्रभावित हुन पुगेको थियो । पछिल्लो पटक बाढीको असरले सबस्टेसनको निर्माण तालिका लम्बिन पुगेको छ । बर्खामा आएको बाढीले सबस्टेसनमा जडानका लागि राखिएका उपकरण डुबाएको थियो । केही बाढीमा बगेका थिए ।

यो सबस्टेसन निर्माण सम्पन्न हुँदा २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ । अहिले यो प्रसारण लाइन ३३ केभीमा सञ्चालन गरिएको छ ।

यो सबस्टेसन सञ्चालनमा आएपछि तेह्रथुम, धनकुटा, भोजपुर र संखुवासभामा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत कोसी कोरिडोर प्रसारण लाइन हुँदै इनरुवा सबस्टेसनसम्म आइपुग्नेछ । प्रसारण प्रणालीको गुणस्तर सुधार गर्न प्राधिकरणले इनरुवा–हेटौंडा प्रसारण लाइन अन्तर्गत यो सबस्टेसन निर्माण गरिरहेको हो । आयोजना अन्तर्गत हेटौंडामा पनि अर्को सबस्टेसन निर्माण भइरहेको छ ।

सबस्टेसन निर्माण सम्पन्न हुँदा जग्गासहितको लागत करिब ८५ करोड पुग्ने देखिएको छ । सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गरिएको हो । सबस्टेसन निर्माणका लागि भएको पुरानो ठेक्कालाई रद्ध गरी २०७५ पुसमा नयाँ ठेक्का गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit