विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको सेयर बाँडफाँड भएको छ । कम्पनीले रामेछाप र सोलुखुम्बुको सिमामा निर्माणाधीन २८.१ मेगावाट तल्लो लिखु जलविद्युत आयोजना प्रभावित स्थानीयका गत जेठ २३ गतेदेखि असार ६ गतेसम्म खुल्ला गरेको सेयर बाँडफाँड गरिएको हो ।

आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

यस्तै, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नम्बर ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नम्बर. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ लाख ५ प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता गरी बाँडफाँट गरिएको छ ।

तल्लो लिखुको निर्माण अहिले ९३ प्रतिशत पूरा भइसकेको र आगामी असोजसम्म व्यावसायिकरूपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । कूल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ६७ लाख ६१ हजार ५०० रुपैयाँ अनुमान गरिएको छ ।

२०७२ साल चैत २८ गते कम्पनीले आयोजनाको उत्पादन अनुमतिपत्र लिएको हुँदा उसले अबको २८ वर्ष १० महिना विद्युत उत्पादन गरी सञ्चालन गर्न पाउँछ । विद्युत आयोजनाको अनुमतिपत्र वितरण सम्बन्धी निर्देशिका अनुसार उत्पादन अनुमतिपत्रको अवधि ३५ वर्ष तोकिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३