काठमाडौं । गणेश हिमाल हाइड्रो पावरले निर्माण गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्न आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीको शुक्रबार (२१ गते) सम्पन्न १५औं साधारण सभाले उक्त अायाेजनामा लगानी गर्न १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।
कम्पनीको हकप्रद सेयरबाट उठेको पूँजीले २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नेछ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकम बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।
यसैगरी, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणको पनि छलफल गरि पारित गरेको छ । आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।