विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रो पावर कम्पनी लिमिटेडले आसार १९ गतेदेखि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीको जारी पूँजी ८० करोड रकमको १० प्रतिशत अर्थात ८ करोड रकम बराबरको सय रुपैयाँ अंकित ८ लाख कित्ता सेयर आयोजना प्रभावति क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५,६,७, ८, बिगु गाउँपालिका वडा नम्बर ४ र कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जारी पूँजी २५ प्रतिशत अर्थात २० करोड रकम बराबरको सय रुपैयाँ अंकित २० लाख कित्ता सेयरमध्येको १० प्रतिशत हुन आउने अर्थात २ लाख कित्ता सेयर वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकका लागि निष्कासन गर्ने तयारी गरिएको छ ।

प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले न्यूनतम १० कित्ता देखि ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा साउन २ गतेसम्म तथा ढिलोमा १७ गेसम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागगरिकले साउन २ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दोलखा जिल्लामा ५ मेगावाटको घट्टे खोला जलविद्युत आयोजना सञ्चालनमा छन् ।

यसैगरी, भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि साधारण सेयर  निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले बोर्डबाट प्रिमियसहित प्रतिकित्ता ११६ रुपैयाँको दरले १६ करोड ५८ लाख ९८ हजार ७ सय ९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १ सय ६२ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीकाे सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।  कम्पनीको कास्की जिल्लामा ४.५ मेगावाटको बिजयपुर–१ साना जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३