विद्युत अपडेट

  • प्राधिकरण : ७१५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५१५६ मे.वा.घन्टा
  • आयात : ११०९८ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : २७७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६३८ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २११४ मे.वा.
२०८२ ब‌ैशाख २८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालकै चर्चित चाउचाउ उत्पादक कम्पनी सिजी फुड्सले नयाँ स्वादको ‘वाइ वाइ क्विक हट एन्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ । पिरो स्वाद मन पराउने प्रिमियम वर्गका उपभोक्तालाई लक्षित गरी ल्याइएको यो चाउचाउको मूल्य प्रतिप्याकेट ५० रुपैयाँ पर्ने कम्पनीले जनएको छ । उपभोक्ताको बद्लिँदो रोजाइ तथा स्वादलाई ध्यानमा राखेर कम्पनीले नयाँ नयाँ स्वादका विकल्पसहितका चाउचाउ बजारमा ल्याइरहेको छ । कम्पनीका अनुसार नयाँ स्पाइसी स्वादको चाउचाउले उपभोक्ताले अपेक्षा गरेअनुसारको स्वाद उपलब्ध गराउने र वाइ बाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने जनाएको छ ।

त्यस्तै, कम्पनीले ‘स्पाइसवर्स टिकटक चुनौती’ नामक प्रतिस्पर्धा समेत सुरु गरेको छ जनाएको छ । उक्त प्रतिस्पर्धा अनुसार विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागी मध्ये हरेक साता सबैभन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताको व्यवहार, इच्छा र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यौं,’ कम्पनीका मार्केटिङ प्रमुख श्रयकृष्ण श्रेष्ठले भने, ‘विशेषतः गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउने १५ देखि २५ वर्ष उमेर समूहका युवाहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौँ ।’

उनका अनुसार कम्पनीले प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरेको छ । वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्सको प्याकेजिङ समेत अन्य ब्रान्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको छ । यसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताहरूको चाहनालाई समेत समेटिएको छ, जो नयाँ स्वादको अनुभव खोजिरहेका हुन्छन् र पिरो स्वादको रोमाञ्चकतालाई मन पराउँछन् ।

सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले भने, ‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ । कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कोही सन्तुलित मसला रुचाउँछन् । हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौँ । हामी विश्वस्त छौँ, वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ ।’

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३