विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखा जिल्लाको विगू गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन सुरुङमार्गको काम रोकिँदा लप्ची र जुम खोलामा अध्ययन भएका जलविद्युत आयोजनाको निर्माणमा ढिलाइ भएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको भीरमा निर्माणाधीन सुरुङमार्ग आफ्नै कारणले रोकिँदा यो पहुँच मार्ग उपयोग हुने जलविद्युत आयोजना निर्माणमा जान नसकेका हुन् ।

यो सुरुङमार्ग भएर पुगिने लप्ची खोलामा मात्र निजी क्षेत्रले अघि बढाएका लाप्चे खोला, माथिल्लो लाप्चे, जुम खोलासहित ३ सय मेगावाटका आधा दर्जन बढी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । विद्युत विकास विभागले यी आयोजनाको उत्पादन अनुमतिपत्र दिइसकेको अवस्थामा प्रवेश मार्ग तयार हुन नसकेकै कारण अहिलेसम्म निर्माणमा जान सकेका छैनन् ।

यी आयोजना स्थलसम्म पुग्ने पहुँच मार्गमा १ किलोमिटर सुरुङमार्ग निर्माण भइरहेकोमा अहिले काम रोकिएको छ । सरकारले निर्माण गर्ने तय भएको  सुरुङमार्गको काम समयमा अघि बढ्न नसकेपछि एमभी दुगड समूहको लगानी रहेको १६० मेगावाटको लाप्चे खोला जलविद्युत आयोजनाको प्रवर्द्धक नासा हाइड्रोपावर कम्पनीले सुरुङमार्ग बनाउन सुरु गरेको थियो । 

नासाले आफ्नो आयोजनासम्म पुग्ने पुहँच सडक तयार गर्नका लागि सुरुङमार्गमा काम सुरु गरेकोमा ७० मिटर खनेर सकिएपछि २ सातादेखि अवरुद्ध हुन पुगेको छ । सुरुङमार्ग खन्नका लागि प्रयोग भएको मेसिन बिग्रिएपछि काम रोकिन पुगेको कम्पनीका कर्मचारी मनोहर खड्काले बताए ।

‘यसबिचमा जिल्लास्थित गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले पनि त्यस क्षेत्रमा भइरहेको भौतिक कार्य रोक्न निर्देशनसहितको पत्र कम्पनीमा पठाएको थियो’, उनले भने, ‘तर, यो कारणले नभई मेसिन बिग्रिएका कारणले सुरुङमार्गको काम रोकिन पुगेको हो ।’ उनले सुरुङमार्गमा ब्याकह्याम्मरबाट मात्रै काम भइरहेकोमा त्यो पनि बिग्रिएपछि अब अर्को बुमर ल्याएर कामलाई तीव्रता दिन अहिलेलाई रोकिएको बताए ।

संरक्षण क्षेत्र आयोजना सरकारी निकाय नभएकाले उसले दिएको पत्रका आधारमा मात्रै सुरुङमार्ग निर्माणको काम नरोकिने पनि खड्काले बताए । सरकारको सम्बन्धित निकायबाट स्वीकृति लिएर काम अघि बढाएकाले संरक्षण क्षेत्र आयोजनाले दिएको पत्रका आधारमा काम नरोकिने उनको भनाइ छ ।

२ सातादेखि सुरुङमार्ग निर्माणको काम रोकिएपछि त्यहाँ कार्यरत २० जना कामदार अहिले कामबिहनि भएर बसेका छन् । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले पनि लाप्चे, रोल्वालिङलगायत आयोजनाको भौतिक कार्य रोक्न निर्देशनसहितको पत्र प्रवर्द्धक कम्पनीहरूमा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३